बलिउड स्टार सलमान खानलाई जेल सजाय

Share it with you friends

एजेन्सी । बलिउड स्टार सलमान खानका फ्यानलाई दुखको खबर छ । कालो हरिण मारेको आरोपमा नायक सलमान खान जेल परेका छन् । भारत जोधपुरको अदालतले कालो हरिणको शिकार गरेको आरोपमा सलमान खानलाई ५ वर्षको सजाय तोकेको हो ।

१९९८ को सेप्टेम्बर २६ तारिखमा सलमानले कालो हरिणको शिकार गरेका थिए ।यो बाहेक यहि सालको २८ सेप्टेम्बरमा अर्को कालो हरिणको शिकार गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कालो हरिण मारेको आरोपमा त्यहि वर्ष सलमान विरुद्ध उजुरी परेको थियो ।  त्यतिबेला उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो तर पछि उनी जमानतमा छुटेका थिए । आज बिहीवार उनीमाथिको मुद्दामा बहस गर्दै अदालतले दोषी ठहर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *