बागबजारमा भेटियाे नक्कली पैसा छाप्ने कारखाना, धादिङका प्रकाश सुवेदी सहित छ पक्राउ

Share it with you friends

काठमाडौँ ,  २ जेठ। काठमाडौको बागबजारमा नेपाली नक्कली पैसा छाप्ने कारखाना भेटिएको छ । ‘नक्कली पैसा कारोबारीविरुद्धको अप्रेसन’का क्रममा प्रहरी नक्कली पैसा छाप्ने कारखानासम्म पुग्न सफल भएको हो ।

प्रहरीले बागबजारस्थित श्री नवज्योती प्रिन्टिङ प्रेसका सञ्चालक प्रकाश सुवेदीसहित विकेश नापितलाइ पक्राउ गरेको छ । प्रकाश र नापितको मिलेमतोमा नक्कली पैसा छाप्ने गरेको पाइएको प्रहरीको भनाई छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौंका अनुसार धादिङ घर भई हाल चाबहिलमा बसोबास गरी बागबजारमा प्रेस चलाउने प्रकाशले भोलेबाबा प्रेस सन्चालक नापितलाइ नक्कली नोट छाप्ने जिम्मेवारी दिएका थिए । उक्त नोट नापितको कारखानाबाटै छापिएको थियो ।

यसरी भयो अपरेसन
मंगलबार नयाँबसपार्कको सुमधुर क्याफेमा सुर्खेत घर भइ कमल पोखरी बस्ने महेन्द्र बोगटीले बिल तिर्ने क्रममा शंकास्पद नोट दिएपछि सञ्चालकले प्रहरीलाइ खबर गरेका थिए । जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले बोगटिमाथि  खानतलासी गर्दा १ लाख हजार नक्कली नोट बरामद भएको थियो । पक्राउ परेका बोगटिको सूचनाका आधारमा प्रहरीले सिन्धुली घर भइ हाल ललितपुरको लुभु बस्ने सुजित तामाङको कोठामा छापा मार्दा ७ लाख ४३ हजार रुपैयाँ बरामद गरेको थियो ।

अनुसन्धानमा प्रहरीले राजधानीको चारढुङगेस्थित प्रिन्सेस मुभिजका सन्चालक तथा फिल्म निर्माता माधवराज वाग्लेको कोठामा छापा मार्दा २ करोड ५२ लाख रुपैयाँ बरामद गरेको छ । घटनापछि ‘नक्कली पैसा कारोबारीविरुद्धको अप्रेसन’ का क्रममा प्रहरी सुवेदी र नापितसम्म पुगेको थियो । प्रहरीले दुइ करोड साठि लाख त्रिसठ्ठि हजार रुपैयाँ नक्कली नोटसहित ६ जनालाइ पक्राउ गरेको  छ ।

यसरी आयो बजारमा
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नक्कली नोटहरु होटल तथा रेस्टुरेन्टमा तिर्ने, यौनकर्मीहरुलाई तिर्ने, जुवा खेल्ने, लागूऔषध कारोबारी लगायतका प्रयोजनमा खर्चीने गरेको खुलेको छ । उनीहरुले नक्कली नोटलाई सक्कली नोटको बिचमा मिसाएर कारोबार गर्ने गरेको थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार नक्कली नोट छाप्नेलाई बिगो बमोजिम जरिवाना गरी १० वर्ष कैद सजाय हुनेछ ।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 13 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा