बाबुराम भट्टराईलाई पनि एमालेमा प्रवेश गर्न सुझाव

Share it with you friends

काठमाडौँ, ११ वैशाख । नयाँ शक्ति नेपालका पूर्व सभासद् तथा नयाँ शक्तिकी नेतृ लिला भण्डारी एमालेमा प्रवेश गरेका छिन ।प्रदेश नम्बर ७ को नेतृत्व गरेको भण्डारी कार्यकारणी सदस्य हुन् । उनी सँगै अर्की पूर्वसभासद् सुकदैया चौधरी र कतारको लागि पूर्व नेपाली राजदूत माया कुमारी शर्माले पनि नयाँ शक्ति परित्याग गरेकी छन् ।

भण्डारी पहिलो संविधानसभामा कैलाली ६ बाट माओवादीको तर्फबाट निर्वाचित भएकी थिइन् भने चौधरी समानुपातिक तर्फबाट निर्वाचित भएकी थिइन् ।

त्यसैगरी शर्मा माओवादी केन्द्रका नेता लेखराज भट्ट श्रम मन्त्री हुँदा कतारको लागि राजदूतमा नियुक्त भएकी थिइन‍् । तीनै नेतृ पार्टीभित्र दुई लाइन संघर्षदेखि बाबुराम भट्टराईलाई साथ दिँदै अाएकी थिइन् । नयाँ शक्ति गठनसँगै सुदूरपश्चिममा संगठन विस्तारमा ठूलो भूमिका खेलकी नेतृहरुको एमालेमा प्रवेशसँगै नयाँ शक्तिलाई ठूलै धक्का लागेको छ । तीनै नेतृले नयाँ शक्तिको लागि खम्बाको रुपमा काम गर्दै अाएकी थिइन् ।चौधरी कमलरी पृष्ठभूमीबाट राजनीतिमा अाएकी हुन् भने शर्मा विद्यार्थी कालदेखि नै राजनीतिकर्मी हुन् ।

सोमबार एमाले पार्टी कार्यालयमा उनीहरुसँगै नयाँ शक्तिका अन्य करिब ६ दर्जन नेता-कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका थिए ।

नेतृ भण्डारीले एमालेको राजनीति छोडेर जनयुद्धमा पूर्णकालिन भएर काम गरेकी थिइन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै भण्डारीले अाफू २२ वर्षपछि घर फर्केको बताइन‍‍् ।नयाँ शक्ति प्रभावहीन बन्दै गएको भन्दै नेतृ भण्डारीले बाबुराम भट्टराईलाई पनि एमालेमा प्रवेश गर्न सुझाव दिएकी थिइन् ।

नवप्रवेशीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खाँदा लगाएर स्वागत गरेका थिए ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते