बालबालिकाका लागि काम गर्नेले नै गरे बालयौन दुराचार

Share it with you friends

काठमाडौं, २५ चैत । बालबालिकाको उद्दारका लागि अन्तर्राष्ट्रिय स्तरमै लामो समयदेखि काम गर्दै आएका एक जना व्यक्तिलाई बाल यौन दुराचारको अभियोगमा नेपाल प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सो अभियोगमा क्यानेडियन नागरिक पिटर जोन डाल्गिसलाई पक्राउ गरेको हो ।

विभिन्न मुलुकका विदेशी नागरिकहरुले नेपाली बालबालिकालाई प्रलोभनमा पारी बालयौन दुराचार गर्ने गराउने गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डाल्गिसलाई चैत २४ गते काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिका १ स्थित चिनकाजी महर्जनको घरको कोठाबाट पक्राउ गरिएको हो । ६० वर्षीय डाल्गिसले कानुनी प्रक्रियाबमोजिम आफ्नोमा राख्ने गरेका दुई १२ र १४ वर्षबा बालकहरुलाई कोठाबाट उद्दार गरिएको समेत प्रहरीले जानकारी दिएको छ ।

डाल्गिसले यसअघि युद्ध पीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका क्षेत्रमा संयुक्त राष्‍ट्रसंघ अन्तर्गतका संस्थाहरूमा समेत नेतृत्वमा रहेका काम गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *