बृद्धबृद्धालाई परिचय पत्र वितरण गरि २८ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइयो ।

Share it with you friends

राजाराम डंगोल, धादिङ असोज १५ । जेष्ठ नागरिक मानब अधिकार अभियान्ताहरुको अभिनन्दन गरौँ भन्ने मुलनारा सहित २८ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसकोे अवसरमा आज धादिङको केवलपुरमा बृद्धबृद्धालाई परिचय पत्र वितरण गरि जेष्ठ नागरिक दिवस मनाईएको छ ।

 


थाक्रे गाउपालिका वडा नंं ९ र १० को वडा कार्यालय केवलपुरमा आज थाक्रे गाउ पालिका वडा नंं ९ र १० भित्रका सामाजिक सुरक्षा भत्ता पाउने बृद्ध बृद्धालाई परिचय पत्र वितरण गरिएको हो ।
थाक्रे गाँउपालिकाको आयोजनामा गरिएको कार्यक्रममा गाउपालिका का अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्विका रुपाखेती कार्यकारी अधिकृत सुर्य प्रसाद उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *