बैंकमा नक्कली गहना राखेर ठगी गर्ने पक्राउ
झापा । नक्कली गहना बैंकमा राखेर ठगी गर्ने जेल चलान भएका छन् ।
झापामा रहेको विभिन्न बैंकमा नक्कली सुनका गहना राखेर ठगी गर्नेलाई प्रहरीले जेल चलान गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा नक्कली गहना राखेर ठगी गर्नेलाई झापा जिल्ला अदालतको आदेशमा बिर्तामोड– ५ डेरा गरी बस्ने ३८ वर्षीया मीनादेवी खड्का, मेचीनगर–७ इँटाभट्टा निवासी ३५ वर्षीय शम्भु खत्री, विर्तामोड–३ का ४३ वर्षीय राजकुमार तामाङलाई पुर्पक्षका लागि कारागार पठाइएको हो ।
तामाङ राष्ट्रिय बाणिज्य बैंक बिर्तामोडका नगद सहायक हुन् । बिर्तामोड–५ का ४५ वर्षीय राजकुमार श्रेष्ठ, गणेश प्रधान र प्रवेश अधिकारी भने धरौटीमा छुटेका प्रहरीले जनाएको छ ।
