भाटभटेनी डिपार्टमेन्ट स्टोरमा आगलागी

Share it with you friends

बुटवल वडा नंं ८ सुख्खानगरमा रहेको भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । बिहान ४ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

सुपरमार्केटको सबैभन्दा माथिल्लो तल्लामा लागेको आगो नियन्त्रणमा गर्न पनि कठिनाई भएको छ।

सबै विद्युतीय सामाग्री रहेको पाँचौ तल्लामा आगो लागेको र वरिपरी घरहरु समेत नभएका कारण नियन्त्रणको लागि समस्या भएको प्रहरीले जनाएको छ।

बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको दुई वटा दमकल आएर आगो निभाउने प्रयास गरिए पनि नियन्त्रण गर्न नसकिएको प्रहरीले जनाएको छ।

आगलागी कारण खुल्न नसके पनि विद्युत सर्ट भएका कारण लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

सुपरमार्केट बुटवलमा गतवर्ष बैशाख १ गतेदेखि सञ्चालनमा आएको थियो।

  • Related Posts

    अण्डाको मूल्य बढ्यो

    नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ । संघको बनेपा र काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णय अनुसार नयाँ मूल्य निर्धारण गरिएको हो । संघले चितवनलाई…

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 4 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 7 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 7 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 7 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 5 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 7 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो