भारतीय कलाकार कपिल शर्मा फेरि विवादमा
चर्चित भारतीय कलाकार कपिल शर्मा फेरि विवाद चर्चित भारतीय कलाकार कपिल शर्मा फेरि विवादमा तानिएका छन् ।
यस अघि आफ्नै सहकर्मीलाई कुटपीट गरेको भन्दै आलोचित भएका शर्मा फेरि नयाँ विवादमा तानिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी पत्रकारसँगको झगडाका कारण फेरि विवादमा मुछिएका हुन् ।
एन्टरटेनमेन्ट इन्डस्ट्रीको न्यूज वेवसाइड स्पटबोइले कपिल शर्माले आफ्नो प्रधान सम्पादकलाई फोन गरेर धम्काएको बताएको छ । कपिलले प्रधान सम्पादकलाई गालीगलौज समेत गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रधान सम्पादक बिक्की लालवानीले भनेका छन् ‘हामी अफिसमा बसिरहेका थियौ, त्यति बेला कपिल शर्माको फोन आयो, फोन उठ्ना साथ कपिलले गाली गर्न सुरु गरे ।’ लावानीका अनुसार कपिल शर्माले उनको आमा र छोरीको बारेमा अभद्र व्यवहार गरेका थिए ।
उनले कपिललाई धेरै सम्झाउने प्रयास गरेको पनि बताएका छन् ।
