मधेसी दलमा भिडन्त !

Share it with you friends

काठमाडौं, २६ चैत । मधेसी दलभित्र विवाद हुनु ठूलो कुरा होइन तर अचेल एकले अर्कोलाई छिर्के हानेर राजपाभित्र भने समस्या सुरु भएको छ । राजपाले आन्तरिक झगडा नमिलाउँदा संसदीय दलको नेता पनि चयन हुन सकेको छैन । राजपाभित्र हुनत दुई धार छ सरकारमा जाने बारेमा पनि । त्यही धारको आधारमा आन्तरिक प्रतिस्पर्धा बढेपछि नेता चयनमा समस्या परेको स्रोत बताउँछ ।

२०७५ साल ८ बैशाख गते राजपाले राजनीतिक समितिको बैठकसमेत बोलाएको छ । त्यस बैठकपछि मात्रै नेता चयन हुनेछन् । अहिले संसदीय दलको नेताको लागि मुख्यतः तीनजना नेताले इच्छा देखाएको स्रोत बताउँछ । पार्टीको अध्यक्षको हैसियतमा महँथ ठाकुरा दावेदार देखिएका छन् । खासमा मौनजस्तो देखिने तर संसदीय दलको नेता हुन पाए हुने भन्दै आफू नभएसम्म नेता नछान्ने जस्तो मुडमा देखिएको एक सांसदले बताए । त्यसैले ठाकुरले आन्तरिक छलफल पनि चलाएका छैनन् ।

स्रोत भन्छ, सरकारमा जाने विषयमा प्रधामन्त्री केपी ओलीसँगको छलफलमा सकारात्मक देखिएका ठाकुर अरु दावेदारलाई मन्त्रीमा पठाएर आफू नेता हुन खोजेका पनि थिए । तर अर्को दावेदार महेन्द्र राय यादवले पहिला संशोधन अनि सरकार भनेर संसदमै बोलिदिएपछि ठाकुरा पछाडि हटे । साँघु साप्ताहिकमा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 15 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते