मन्त्रिपरिषद बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

Share it with you friends

काठमाडौँ, २७ चैत । मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यसअघि चर्चा भएअनुसार नेपाल प्रहरीको महानिरिक्षक र सशस्त्र प्रहरीको महानिरिक्षकको चयन गर्नेबारे कुनै निर्णय नगरेको बताइएको छ । यसबारे निर्णय गर्न मन्त्रिपरिषदको अर्को अपर्झट बैठक आजै बस्न सक्ने बताइएको छ । अर्को बैठक आजै बस्ने सक्ने भन्दै तयारी हालतमा रहन प्रधानमन्त्रीले मन्त्रिहरुलाई निर्देशन दिएका छन् ।

बैठकले विद्यालयमा विद्यार्थी भर्नाको संख्यालाई वृद्धी गर्न सरकारले ल्याएको ‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सघाउन आग्रह गर्ने निर्णय गरेको छ ।

यसैगरी, नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाका अनुसार बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ । यस्तै, गौतमको स्थानमा डिल्लीराज घिमिरेलाई सचिवमा बढुवा गरी प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिका लागि आजै मन्त्रिपरिषदको दोस्रो बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विहानको बैठकमा आइजिपी नियुक्तिबारे छलफलनै नभएको स्रोतले जनाएको छ ।

  • Related Posts

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४९५५ नम्बरको डिब्बा ट्रकले विपरीत दिशाबाट जाँदै…

    जेठ १४ गते सार्वजनिक बिदा

    सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बदर ईद (ईद-उल-अज्हा) को अवसरमा उक्त दिन सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।यसअघि सरकारले २०८२…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 4 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 1 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५९
    • 1 views
    धुनिबेशीका विद्यार्थीका लागि काष्ठमाण्डप कलेजद्वारा बस सेवा सञ्चालन

    जेठ १४ गते सार्वजनिक बिदा

    • By Upendra Adhikari
    • ८ जेष्ठ २०८३, शुक्रबार १५:५४
    • 2 views
    जेठ १४ गते सार्वजनिक बिदा

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    • By Upendra Adhikari
    • ७ जेष्ठ २०८३, बिहीबार ०७:३८
    • 2 views
    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    ट्राफिक कारबाहीबाट एक सातामै १ करोड १८ लाखभन्दा बढी राजस्व सङ्कलन

    • By Upendra Adhikari
    • ५ जेष्ठ २०८३, मंगलवार १४:०५
    • 3 views
    ट्राफिक कारबाहीबाट एक सातामै १ करोड १८ लाखभन्दा बढी राजस्व सङ्कलन