महन्थ ठाकुर आईसीयुमा भर्ना
काठमाडौं, ३ वैशाख । नियमित चेकजाँचका लागि दिल्लीस्थित मेदान्त अस्पताल पुगेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका प्रमुख सदस्य महन्थ ठाकुरलाई आईसीयुमा भर्ना गरिएको छ । गत चैत ३० गतेबाट अस्पतालमा भर्ना भई उपचाररत ठाकुरको स्वास्थ्य अवस्था झन झन जटिल बन्दै गएपछि हाल उनलाई आइसीयुमा भर्ना गरिएको हो ।
मुटुमा ‘ब्लड ब्लोकअप’ देखिएपछि उलाई अस्पतालको आइसीयुमा भर्ना
गरिएको बताइएको छ ।
ठाकुरलाई एनजीयोग्राफी गरिएकोमा एनजीयोग्राफीमा नसाबाट रगत प्रवाह रोकिएपछि अप्रेशन गरि तीनवटा स्टेन राखिएको राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले जानकारी दिएका छन् ।
