काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रस हारहारीमा ‘ओपनिङ’ गरेको छ । शुक्रबार यो फिल्म नेपालसहित अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज भएको थियो । नेपालका एकसय १२ हलबाट प्रदर्शनमा आएको फिल्मले बिहानैदेखि काठमाडौं उपत्यकासहित मोफसलका ठूला सहरमा ७० देखि शतप्रतिशत अकुपेन्सीको ओपनिङ ग¥यो ।
फिल्मको ओपनिङमा ६५ प्रतिशत काठमाडौं र बाँकी मोफसल टोरिटोरीको योगदान देखिन्छ । यद्यपी, कलेक्सनको अन्तिम आँकडा आउन बाँकी छ । काठमाडौं, भक्तपुर र ललितपुरस्थित मल्टिप्लेक्सहरु ९ए र बी वर्गका समेत दुबै हाउसफूल रहे । चितवन, पोखरा, बुटवल, इटहरी लगायतका मोफसलका ठूला सहरहरु समेत महापुरुषमय बने । फिल्मले दर्शकबाट सकारात्मक वर्ड अफ माउथ प्राप्त गरेको छ र यसको फाइदा आगामी साताभरि नै देखिनेछ । पहिलो दिन एक करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन शनिबार स्वभाविकरुपमा त्यो भन्दा बढी कमाइ गर्नेछ ।
यो ट्रेन्ड हेर्दा आइतबारसम्मको सार्वजनिक बिदाको अवधिभर फिल्मको पहिलो सप्ताहन्तको कमाइ ५ करोड आसपास हुने प्रक्षेपण छ । ‘महापुरुष’को सकारात्मक पक्ष के हो भने यो फिल्म बक्सअफिसमै लामै समय चल्ने देखिन्छ । ‘वर्ड अफ माउथ’ सकारात्मक भएकाले यसको स्थिर कमाइ पहिलो र दोस्रो सप्ताहन्तसम्म स्पष्ट देखिनेछ । प्रदीप भट्टराई निर्देशित फिल्म महापुरुषमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल लगायतको अभिनय छ । म्याक्स दिपेश खत्री निर्मित फिल्मको कार्यकारी निर्मातामा बानियाँ स्वयम छन । फिल्म रिलिजको दिनमा कलाकार, निर्देशक र निर्मातासहितको महापुरुष टोलीले दर्शकसँगै हल भिजिट गरेको थियो

‘महापुरुष’को ओपनिङ, हल हलमा दर्शक भेट्दै हरिवंश
Related Posts
-
धादिङ गल्छीका बाढीप्रभावितलाई इजरायलको सहयोग
काठमाडौं । नेपालस्थित इजरायली दूतावासले धादिङको गल्छी गाउँपालिकाका बाढीप्रभावित समुदायलाई आपतकालीन मानवीय सहायता प्रदान गरेको छ…
-
धादिङको फुर्केखोला खण्डको वैकल्पिक सडक आज १० घण्टा बन्द रहने
जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्केखोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सडक मर्मतका लागि…
-
धादिङ समाजबाट बाढीपीडितका लागि करिब ५८ लाख सहयोग
धादिङ । विश्वभर छरिएर रहेका अन्तर्राष्ट्रिय धादिङ समाज तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूले रसुवा, नुवाकोट र…
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकाको सम्झनामा आज सोमबार राष्ट्रिय…





Leave a Reply