महिला सहकारीले रक्तदान कार्यक्रम गर्ने

Share it with you friends

 धादिङ: मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा आगामी चैत्र २० गते रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ। चन्दज्योती एकीकृत ग्रामीण विकास समाज (सिड्स नेपाल) को सहआयोजना तथा नेपाल रेडक्रस सोसायटी धादिङको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

६९औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आयोजना गरिन लागेको यस कार्यक्रम थाक्रे गाउँपालिका–११ बालुवाफाँटमा बिहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म सञ्चालन हुने जनाइएको छ।

संस्थाकी व्यवस्थापक शान्ती आचार्यका अनुसार कार्यक्रममार्फत समाजमा रक्तदानप्रति सचेतना फैलाउने र आवश्यक रगत अभाव न्यूनीकरणमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ। कार्यक्रममा सहकारीका शेयर सदस्य, उनीहरूका परिवार तथा शुभेच्छुकहरूलाई सहभागिताका लागि अनुरोध गरिएको छ।

सम्बन्धित सबैलाई उपस्थित भई रक्तदान गरी मानव सेवामा योगदान दिन आग्रह गरिएको छ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण

    धादिङ । गल्छी गाउँपालिकाले गाउँपालिका भित्र सक्रिय तेक्वान्दो खेलाडीहरूलाई आवश्यक खेल सामग्री वितरण गरेको छ।मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धिरज बस्नेतले…

    धादिङ। धादिङको थाक्रे गाउँपालिका–२ बाह्रकिलोमा स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको १५ दिने फेल्ट तथा ऊन हस्तकला उत्पादन सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। एकीकृत सामुदायिक विकास अभियान (आईसीडीसी) नेपालले एक्सनएड…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण

    • By Upendra Adhikari
    • १७ असार २०८३, बुधबार १२:४५
    • 2 views
    गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण
    • By Upendra Adhikari
    • १७ असार २०८३, बुधबार ११:४८
    • 1 views

    थाक्रेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वडा ८,९ र १०को वार्षिक समीक्षा सम्पन्न

    • By Upendra Adhikari
    • १६ असार २०८३, मंगलवार ०९:५८
    • 7 views
    थाक्रेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वडा ८,९ र १०को वार्षिक समीक्षा सम्पन्न

    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    • By Upendra Adhikari
    • १४ असार २०८३, आईतवार १०:३०
    • 8 views
    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 9 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 9 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक