माता पिताकाे स्मृतिमा छात्रबृत्ती

Share it with you friends

धुनिबेशी । समाजसेवी प्रल्हाद खकुरेलले दुई जना बिद्यार्थीहरुलाई छात्रबृत्ती रकम प्रदान गर्नुभएको छ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर २ कुखुरेचौरमा रहेको दशरथ चन्द माध्यमिक बिद्यालयमा नतिजा प्रकाशन तथा अबिभावक भेलाको अवसरमा विद्यालयको कक्षा ३ मा अध्ययन गर्ने प्रमिला लामा र कक्षा २ का रोहिन रोक्कालार्ई ५/५ हजार रकम प्रदान गर्नुभएको हो ।

उहाँले यस अघि पनि थाक्रे गाउँपालिकामा रहेको महाँकालेश्वरी माध्यमिक विद्यालय र धुनिबेशिको खानीखोलामा रहेको माध्यमिक विद्यालयमा अध्ययन गर्ने दुई दुई जना बिद्यार्थीहरुलाई आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । आफ्नो पिता भवप्रसाद खकुरेल र माता कान्छिमाया खकुरेलको सम्झनामा स्थापना गरिएको खकुरेल स्मृति समाजका सँस्थापक समेत रहनुभएका प्रल्हाद खकुरेलले सोहि कोषबाट केहि जेहेन्दार बिद्यार्थीहरुलाई आर्थिक सहायता प्रदान गर्दै आएको बताउनुभयो । खकुरेल बातावरण सँरक्षण तथा बिकास समीतीका अध्यक्ष पनि हुनुहुन्छ ।

यसैबिच धुनिबेशिनगरपालिका वडा नम्बर २ का अध्यक्ष बलराम कुँवरको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा बाल कक्षा देखि कक्षा ९ सम्मका बिद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको छ । कुँवरले बिद्यालयको लागी आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको र बिद्यालयमा माबि शिक्षक ल्याउन पहल गर्ने उहाँले बताउनुभयो ।

बिद्यार्थीहरुले प्राप्त गरेका उपलब्धिहरुलाई अविभावकको माझ प्रस्तुत गर्दा अझ पढ्ने हौसला बढ्ने मुख्य हेतुले कार्यक्रम आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईलले जानकारी दिनुभयो । बिद्यालयमा नतिजा प्रकाशनसँगै बिद्यार्थीहरुले आफ्ना बिभिन्न प्रस्तुती समेत राखेका थिए । नागरीकपाटी डट कम बाट साभार गरिएकाे ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 12 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा