माधव नेपालले कापीकलम किन्न दिएको पैसा चोरी

Share it with you friends

बर्दिवास, ८ वैशाख। ‘म अभागीको कर्मै खोटो हजुर !!!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको छ हजार रूपैयाँ आफू सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आफूलाई सम्हाल्न गाह्रो पार्दै भनिन्, ‘मेरो सात वर्षकी छोरीको खुशी तिन (चोर)लाई सह्य भएनछ ।’

महोत्तरी, औरही नगरपालिका–१ की बासिन्दा खातुनका पति हमिद दर्जीको मृत्युलगत्तै सौतेनी छोराले घरबाट निकालिदिएपछि खातुन बर्दिवास–१ को साझा संस्था भवन अगाडिको फुटपाथमा दुई छोरा र एक छोरीसहित बस्दै आएकी थिइन् ।

त्यही फुटपाथमा हिँडिरहने केटाहरुले नेता नेपालले दिएको रकम चोरी दिएपछि रहिशाले सो पीडा भुल्न सकेकी छैनन् । बस्नेसुत्ने कोठा नहुँदा बरण्डामा बस्दै आएको सो परिवारकी अभिभावक रहिशाले फरियाको फेरोमा बाँधेर राखेको पैसा चोरिएको हो ।

‘नेता नेपालले काखमा राखेर छोरी धेरै पढेर असल मान्छे बन्नू भनेपछि ऊ ९शवनम० निकै फूर्तिली बन्दै आएकी थिई’ रहिशाले आज बिहान बस्दै आएको साझा संस्था भवन अगाडिको आँपको रुखमा अडेस लगाएर भनिन्, ‘उहाँले दुःखकष्ट खेपेर पनि नानीहरुलाई पढ्न नछुटाउनू भन्नुभयो । सानो छोरा सद्दाम त धेरै सानो छ, शवनम र जाविर ९ठूलो छोरा चाहिँ नियमित स्कुल गइरहेका छन् ।’

‘नेता नेपालले मेरो हातमा दिनुभएको पैसा त शवनम र जाविरले देखिरहेका थिए’ रहिशाले भनिन्, ‘अहिले आमा, एउटा बिस्कुट ल्याइदिनुस् भन्छन्, मलाई मरेको जुनीझैँ भएको छ ।’

यति मोटो रकम जिन्दगीमा पहिलो पटक समातेको भए पनि त्यो भोग्न आफ्नो भाग्यमै नरहेको रहिशाको बिलौना छ । रहिशाको पीडाबाट बेखबर शवनम भने आइतबार स्कुल जाने लुगा धुनुपर्ने भन्दै आमासँग झगडा गर्दै थिइन् ।

‘नाम लेखाएको दिनयता उनलाई स्कुल जान तयार होऊ भन्नु पर्दैनथ्यो’ आफ्नी सात वर्षीया छोरी शवनमको आनिबानीमा आएको परिवर्तनबाट पाएको खुशी तीन दिन नबित्दै खोसिएको बताउँदै रहिशाले भनिन्, ‘उहाँले दिनुभएको पैसा त चोरेका छन्, उहाँ९नेपाल०ले दिनुभएको माया त मेरो हृदयमै छ, त्यही मायाको बलले नानीहरु पढाउँछु ।’

गत बुधबार एमाले नेता नेपालले शवनम र बर्दिवास–१४ कै अति विपन्न चमार ९सार्की० जातिका चार वर्षीय कृष्ण महरालाई बर्दिवास–१४ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा क्रमशः कक्षा १ र बालकक्षामा नामांकन गराउँदै अभिभावकत्व लिएका थिए । नेता नेपालले नामांकनपछि दुवै बालबालिकालाई काखमा राखेर “तिमीहरु पढेर ठूलो र असल मान्छे बन्नुपर्छ”, भन्नुभएको कुराले शवनममा पढाइबारे निकै जाँगर पलाएको आमा रहिशा बताउँछिन् ।

“उहाँ ९नेता नेपाल०ले तीन वटै नानीहरुलाई पढ्न नछुटाउनू, केही अप्ठ्यारो परे मलाई भन्नू भन्दै फोन नम्बर दिनुभएको छ”, रहिशाले ननिन्, “यसपालि अब मांङचाङ गरेर पनि धान्छु, आघौँ नाम लेखाउने बेलामा उहाँलाई सम्झौँला ।”

मुसलमान समुदायमा लुगा सिउने पेशा अँगाल्ने दर्जी जातकी रहिशा गरीबी र अभावबीच पनि इच्छाशक्ति भने दह्रो भएकी महिला भएकी उहाँका छोराछोरी पढ्ने राष्ट्रिय आधारभूत विद्यालय बर्दिवास–१४ का प्रअ शिवविक्रम थापाको भनाइ छ ।

नेता नेपालले नै अभिभावकत्व लिएका बर्दिवास–१४ कै रामबाबु र विना महराका छोरा कृष्ण पनि सानै उमेरमा जिज्ञासु देखिएकाले उनको पढाइ पनि राम्रो हुने प्रअ थापाको मूल्यांकन छ । नेता नेपालले गत बुधबार शवनम र कृष्णको पठनपाठन र स्थानीय अभिभावकत्व लिइदिन प्रअ थापालाई आग्रह गर्दै दुवैको पढाइलाई निरन्तरता दिनका लागि अर्थ अभाव हुन नदिने बताएका छन् ।

रासस

  • Related Posts

    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    धादिङ। शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाका ७ वटा विद्यालयका शिक्षक तथा सरोकारवालाका लागि ५ दिने बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु भएको छ। गाउँपालिका वडा नम्बर ६,…

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    धादिङको थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितत तथा दिगोपना घोषण भएको छ “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित थाक्रे गाउँपालिकामा आर्थिक वर्ष २०८२÷०८३ को…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ११:२५
    • 3 views
    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार १०:०१
    • 4 views
    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    रास्वपा धुनिवेशीको सभापतिमा सुदीप पाठक निर्वाचित

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ०९:५३
    • 4 views
    रास्वपा धुनिवेशीको सभापतिमा सुदीप पाठक निर्वाचित

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 4 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 5 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 8 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन