मिलिजुली महिला बचत तथा ऋण सहकारी संसथा लि थाक्रेको अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

Share it with you friends

राजाराम डंगोल, थाक्रे १३ साउन २०७६,

 


धादिङ्गको थाक्रे गाउपालिका वडा नम्बर ११ बालुवाफाँटमा युवा स्वरोजगार प्रवद्धनका लागी स्वरोजगार कर्जा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
मिलिजुली महिला बचत तथा ऋण सहकारी सँस्था लि। थाक्रे धादिङ को आयो जना मा सम्पन्न कार्यक्रम मा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा तथा साना ब्यवसायी सरोकार कोष अन्तर्गतको रु ५० लाख सहकारी ले हात पार्न सफल भएको छ । नेपाल सरकारले युवाहरुलाई बिदेश पलायन हुन कमी ल्याउन यस्ता कार्यक्रम आएको र धेरै सहकारी हरु मध्ये मिलीजुली सहकारी सँस्थाले यस किसिमको सफलता हात पार्न सफल भएको हो ।

सहकारीको खातामा आएको पहिलो किस्ता अन्तर्गत रकम रु २५ लाख बिभिन्न आयमुलक काममा लगानी गर्नको लागी सोमबार अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको मिलिजुली सहकारी सँस्थाका अध्यक्ष उर्मिला रेग्मीले बताउनु भयो । करिव १ हजार एक सय महिला सदस्य भएको सहकारी सँस्थाले सहुलियत कर्जाका लागी आफ्ना सदस्यहरुलाई अनुरोध समेत गरेको छ ।
स्वरोजगार कर्जा मार्फत व्यवसाय प्रबर्धन गरि सदस्यहरुलाई स्वरोजगार बनाउन यो किसिमको कर्जा लगानी गर्न लागिएको उर्मिला रेग्मिले बताउनु भयो । भैँसि पालन, गाई पालन, बाख्रापालन , तरकारी खेति, मत्स्य पालन, कुखुरा पालन लगायत कृषि तथा अन्य ब्यवसाय हरुमा मादल बनाउने, घरेलु औजार बनाउने हस्तकला आदिको लागी यस योजना अन्तर्गत रहेर ऋण लिन सकिने मिलिजुली सहकारी सँस्थाको कोषाध्यक्ष यशोदा बिँडारीले बताउनु भयो।
अभिमुखिकरण कार्यक्रममा बोल्दै युवा तथा साना व्यवसायी स्वरोजगार जिल्ला कार्यक्रम संयोजक दिपक कडेल ले बेरोजगारी युवा युवतिहरुको लागी यस्ता योजना नेपाल सरकारले ल्याएको बताउनु भयो। उहाले सहकारीबाट कर्जा लिईसकेपछि यसलाई उत्पादन शिल क्षेत्रमा लगानी गर्न आग्रह समेत गर्नुभयो ।


व्यवसाय सुरु गरिसकेपछि आफुले जुन व्यवसाय सुरु गरेको हो, त्यो व्यवसाय र ऋृणी स्वयमको पनि बिमा हुने कँडेलको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला सहकारी सँघ धादिङका अध्यक्ष नेत्र पौडेलले गाउँमा रहेका महिला दिदीबहिनीहरुलाई स्वरोजगार बन्न यस किसिमको कर्जाले महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताउनु भयो । अन्य बित्तिय सँस्थाहरुबाट लिएको ऋण भन्दा निकै सस्तो ब्याजदरमा पाएको रकमलाई लगानी योग्य स्थानमा परिचालन गरि अरु भन्दा अब्बल दर्जाको व्यवसायी बन्न अनुरोध समेत गर्नु भयो। यसैगरी उहाँले बिना धितो पाएको रकम भनेर बेवास्ता नगरी सहि तरिकाले सदुपयोग आग्रह गरे ।
सिड्स धादिङ नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतिले यस किसिमको कर्जा लिएर सहि ठाउँमा प्रयोग गरेर आफु र सहकारीको गरिमा उँचो पार्न अनुरोध गर्नु भयो।


यसैगरी थाक्रे गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रबि प्रकाश ओझाले पनि सहकारीको खातामा पहिलो किस्ता स्वरुप रु २५ लाखलाई ईमान्दार सदस्यहरुमा बितरण गरेर दोस्रो किस्ता ल्याउन आगह गरे । साथै यस्ता योजनाहरु अझ बढी ल्याउन पनि मिलिजुली सहाकारी सँस्थालाई शुभकामना दिएका छन् भने थाक्रे वडा नुम्बर ७ का वडा अध्यक्ष रामकुमार बस्नेत ले पनि सहकारी ले राम्रो काम गरेर यो सफलता पाएकोमा शुभकामना दिनु भयो । सहकारीबाट लिईएको कर्जा ३ बर्ष ६ महिनामा चुक्ता गर्नुपर्ने नियम रहेको मिलिजुली सहकारी सँस्थाका अध्यक्ष उर्मिला रेग्मीले बताउनु भयो  ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा