यसकारण बन्न सकिरहेको छैन हेरा फेरीको तेस्रो सिक्वेल

Share it with you friends

मुम्बई, ७ जेठ । हिनी फिल्ममा दर्शकहरुले एकदमै रुचाएको फिल्म हो ‘हेरा फेरी’ । यो फिल्मको तेस्रो सिक्वेल पनि दर्शकहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् ।

फिल्मको यो नयाँ सिक्वेल ल्याउने चर्चा धेरै लामो समयअघिदेखि चले पनि हालसम्म यो आउन सकेको छैन । हालै फिल्मका एक मुख्य अभिनेता सुनील सेट्टीले यसबारे मुख खोलेका छन् ।

फिल्मको नयाँ सिक्वेलको बारेमा कुरा गर्दै सुनील सेट्टीले भने, ‘अहिले त सबै कुरा रोक्किएको छ । फिल्मको टिमले ‘हेरा फेरी-तीन’ बनाउने इच्छा जाहेर गरेको छ तर केही समस्या छ जसलाई समाधान गर्ने काम अहिलेको उनीहरुको प्राथमिकता छ ।’

हेरा फेरी फिल्म कति लोकप्रिय र हिट थियो भन्ने कुरा आजभोलि सामाजिक सञ्जालमा यसका सिनहरु मिम्समा प्रयोग भइरहेको देखेर नै अनुमान लगाउन सकिन्छ ।

२०१७ मा जब नीरज वोराले यो फिल्मको तेस्रो सिक्वेल बनाउने घोषणा गरेका थिए तब तब उनले परेश रावल, अक्षय कुमार र सुनील शेट्टीको सट्टा जोन अब्राहम, अभिषेक बच्चन र नाना पाटेकरलाई ल्याउने बताएका थिए । तर नीरज वोराको छोटो समयमा नै निधन भयो ।

त्यसपछि पुनः इंदर कुमारले उक्त तेस्रो भागलाई निर्देशन गर्ने कुरा गरेका थिए । त्यस बेला उनले पुरानै कलाकारलाई फिल्ममा फिर्ता ल्याउने निर्णय गरेका थिए ।

  • Related Posts

    ‘महापुरुष’को ओपनिङ, हल हलमा दर्शक भेट्दै हरिवंश

    काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रस हारहारीमा ‘ओपनिङ’ गरेको छ । शुक्रबार यो फिल्म नेपालसहित अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज भएको थियो । नेपालका एकसय…

    करिश्माको प्रश्न- नेताज्यु, हिजो जनतालाई दुःख पर्दा किन सडकमा नआएको ?

    सदावहार अभिनेत्री करिश्मा मानन्धरले जनतालाई दुःख पर्दा नेताहरु सडकमा किन नआएको भनेर प्रश्न गरेकी छिन् । केही समय राजनीतिमा लागेर पुनः अभिनयमा फर्किएकी मानन्धरले हिजो जनताले दुःख पाउँदा सडकमा नआएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 13 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा