यस्तो छ दिवंगत नेता खड्काको राजनीतिक उतारचढाव

Share it with you friends

१७ चैत , काठमाडौं। पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । मिर्गौला, छाती र नसामा समस्या देखिएपछि ४० दिनदेखि उपचार गराइरहेका खड्काको शुक्रबार साँझ निधन भएको हो ।

४ फागुनमा हृदयाघात भएपछि खड्कालाई नर्भिक अस्पतालमा उपचार गरिएको थियो । लगत्तै ६ फागुनमा उनलाई दिल्ली लगिएको थियो । एपोलोमा ४० दिनसम्म उपचार गरे पनि स्वास्थ्यमा सुधार आएन ।

साढे दुई वर्षअघि एपोलोमै खड्काको मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणमा संलग्न डा. सन्दीप गुलेरियासहित छातीरोग विशेषज्ञ डा. राजेश चावला र मस्तिष्करोग विशेषज्ञ मुकुल बर्मा उनको उपचारमा संलग्न थिए । मिर्गौला प्रत्यारोपणपछि खड्का निरन्तर फलोअपका लागि दिल्ली जाने–आउने गरिरहेका थिए । छाती निकै नै दुख्न थालेपछि उनलाई आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको थियो ।

एक साताअघि डिस्चार्ज गर्न खोजिए पनि छाती दुख्ने समस्या बढेपछि पुनः उपचारलाई निरन्तरता दिइएको थियो । खड्काका श्रीमती, छोरी र देवेन्द्रराज कँडेलसहितका नेता केही दिनदेखि दिल्लीमै छन् ।

खड्काको स्वास्थ्यमा सुधार नआएपछि अवस्था बुझ्न कांग्रेसले दुई दिनअघि केन्द्रीय सदस्य शंकर भण्डारी र रमेश लेखकलाई दिल्ली पठाएको थियो । उनीहरू स्वास्थ्य अवस्था बुझेर नेपाल फर्किए । स्वास्थ्यमा सुधार नभएपछि खड्कालाई अल इन्डिया मेडिकल इन्स्टिच्युटमा उपचारका लागि लैजाने तयारी थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले मेडिकल इन्स्टिच्युटमा उपचार गराउने पहल गरिरहेका थिए । खड्काको एक दिनको उपचार खर्च एक लाख भारु थियो ।

१२ जेठ ००८ मा दाङको तत्कालीन धर्ना गाविस– ६ मा जन्मिएका उनका श्रीमती, एक छोरी र एक छोरा छन् । छोरा बेलायतमा छन् । खड्काको शव सकेसम्म शनिबारै नेपाल ल्याउने तयारी भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । नेपाल ल्याएपछि श्रद्धाञ्जली कार्यक्रम गरेर दाहसंस्कार हुने उनले बताए ।

राजनीतिक उतारचढाव

पटक–पटक मन्त्री हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा खड्का जेलसम्म पुगे । ०५८ मा विशेष अदालतमा मुद्दा परेपछि उनको राजनीतिक जीवनमाथि अंकुश लाग्न थालेको थियो । अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिए पनि सर्वोच्चबाट भने खड्का दोषी ठहर भए । २ करोड ३६ लाख सम्पत्तिको स्रोत नखुेलेको भन्दै अख्तियारले सर्वोच्चमा ०६३ चैतमा पुनरावेदन गरेको थियो । वैधानिक रूपमा कमाएको सम्पत्ति र अन्य सम्पत्तिको अन्तरलाई अस्वाभाविक भन्दै सर्वोच्चले दोषी ठहर गर्‍यो । सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय बिगो र त्यति नै जरिवानाको फैसला सुनायो । तर, ०७० मा जेलमुक्त हुँदा उनको समर्थनमा नारा लगाउँदै सयौँ कार्यकर्ता जेलबाहिरै पुगेका थिए । आफ्ना समर्थकलाई खड्काले कहिल्यै गुमाएनन् ।

राजनीतिका ‘फरवार्ड’
राज्यसत्तामा गृहमन्त्रीका रूपमा खड्का निकै चर्चित पात्र थिए । पार्टीमा महामन्त्रीसम्मको हैसियत बनाएका थिए । कांग्रेस फुटाएर शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस (प्रजातान्त्रिक)मा उनी महामन्त्री थिए । उनी राजनीतिमा निडर, हक्की र फरवार्ड खेलाडीका रूपमा चिनिन्थे ।

राजनीतिमा पुनः सक्रिय बन्ने प्रयास
पार्टी फुट्दा देउवा पक्षमा लागेका खड्का पछि तत्कालीन संस्थापन पक्षमै फर्किएका थिए । १३औँ महाधिवेशनसम्म आइपुग्दा उनी पुनः देउवानिकटका नेताका रूपमा उदाए । देउवालाई पहिलोचोटि एकत्रित पार्टीको सभापति बनाउन भूमिका खेले । यतिसम्म कि अस्वस्थ हुँदा पनि उनले महाधिवेशन स्थलमै पुगेर देउवाका लागि भोट मागिदिए । त्यसो त महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा स्वयंले सानदार भोट ल्याए । खुला केन्द्रीय सदस्यमा डा. शेखर कोइरालापछि दोस्रो बढी मत ल्याएर निर्वाचित भएका थिए । पदको दुरुपयोग गरी सार्वजनिक पद धारणमा अयोग्य भए पनि पार्टीमा कहिल्यै कमजोर देखिएनन् । भ्रष्टाचारी प्रमाणित भए पनि उनलाई पार्टीले समेत केन्द्रीय समिति सदस्यबाट हटाएको थिएन ।

आफ्नै गुट हुर्काउने कसरत
देउवालाई सहयोग गरे पनि उनी पार्टीभित्र आफ्नै गुट हुर्काउँदै थिए । १३औँ महाधिवेशनमा उनले आफूपक्षधर नेतालाई पनि केन्द्रीय सदस्यमा जिताएका थिए । शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल खड्कानिकटका केन्द्रीय सदस्य हुन् ।

जेलबाट छुटेपछि उनले हिन्दू धर्मको अभियान नै चलाएका थिए । नेपाललाई धर्मनिरपेक्ष राज्य बनाइएपछि उनले यसविरुद्ध पार्टी र मत मिल्ने गैरपार्टीका नेतासँग सँगै अभियानको प्रयास पनि गरेका थिए । जेल जीवन पूरा गरेपछि उनी पुनः कांग्रेसमा सक्रिय हुन खोजे पनि स्वास्थ्यले साथ दिएन।

धेरैपटक सत्ताको लाभ
बाबु कांग्रेसको जिल्लास्तरीय नेता भएपछि कांग्रेसको राजनीतिमा डोहोरिएका खड्का पञ्चायतकालमा भारत निर्वासित भएका थिए । ०३३ मा बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किंदा उनी पनि सँगै थिए ।

०५९ मा कांग्रेस फुट्दा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक)को महामन्त्री भए । तर, भ्रष्टाचार मुद्दा लागेपछि ११ महिनापछि पुनः संस्थापनतिर फर्किए ।

०४८ मा दाङ २, ०५१ मा दाङ ४, ०५६ मा दाङ १ बाट संसदीय निर्वाचनमा विजयी उनी कांग्रेस नेतृत्वमा सरकार बन्दा तथा सरकारमा कांग्रेस सहभागी हुँदा अधिकांश समय कुनै न कुनै मन्त्री भए ।
दाङबाट कांग्रेसको राजनीति थालेका खड्का ०४८ मा निर्माण तथा यातायात र ०५२ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्री भएको थिए ।

०५२ कै असोजमा मन्त्रालय हेरफेर हुँदा उनी गृहमन्त्री बने । ०५४ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा खड्का पुनः गृहमन्त्री भए । ०५५ वैशाखमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री भए । ०५६ मा कांग्रेसले बहुमत पाएपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा सुरुमा आवास तथा भौतिक योजना र स्थानीय विकास तथा हेरफेर हुँदा निर्माण तथा यातायातमन्त्री भए । भट्टराईपछि गिरिजाप्रसाद कोइराला ०५६ चैतमा प्रधानमन्त्री बन्दा खड्का जलस्रोत र निर्माण तथा यातायातमन्त्री भए ।

०५८ साउनमा देउवा प्रधानमन्त्री हुँदा खड्का गृह र स्थानीय विकासमन्त्री भए । त्यसयताका सरकारमा भने खड्का मन्त्री हुन सकेनन् । दुईपटक गृहमन्त्री हुँदा उनको चर्चा निकै चुलिएको थियो । उनले प्रहरी संगठनमा पकड बनाउनेदेखि आफूनिकटका नेता–कार्यकर्तालाई व्यवस्थापन गरेको चर्चा राजनीतिक वृत्तमा हुने गर्छ । नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले खबर लेखेका छन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते