यातायात समितिको नाममा रहेकाे सम्पत्ती समेत वेच्दै व्यावसायी

Share it with you friends

काठमाडौं, १० वैशाख । सरकारले यातायात व्यवस्था समितिहरूका नाममा रहेको सम्पत्ति छानबिन गर्ने भएपछि व्यवसायीलाई छट्पट्टी सुरु भएको छ। समितिको नाममा रहेको जग्गा बेच्न यातायात व्यवसायी धमाधम मालपोत कार्यालय धाउन थालेका छन्।काठमाडौं उपत्यकामा सार्वजनिक बस सञ्चालन गर्दै आएको बूढानिलकण्ठ मिनीबस व्यवस्था समिति जग्गा बिक्री गर्न मालपोत कार्यालय चाबाहिल पुगेको छ। ‘बूढानिलकण्ठ मिनीबस व्यवस्था समितिका नाममा रहेको जग्गा बिक्रीका लागि समितिका कर्मचारी मालपोत कार्यालय आएको मालपोत कार्यालयका प्रमुख बद्रीबहादुर कार्कीले जानकारी दिए।

संस्था ऐन २०३४ अनुसार दर्ता भएका समितिका नाममा रहेको जग्गा तत्कालको अवस्थामा बिक्री नहुने जानकारी गराएको कार्कीले बताए। साविकको विष्णु गाविस वडा नम्बर ३ को कित्ता नम्बर १०३० को पाँच आना दुई पैसा जग्गा बिक्रीका लागि समितिका कर्मचारी कार्यालय आएका थिए।

‘समितिका कर्मचारी आफ्नो नाममा रहेको जग्गा कम्पनी मोडलमा दर्ता भएको शिवपुरी बूढानिलकण्ठ यातायात प्रालिलाई बिक्री गर्ने गरी लिखत लिएर कार्यालय आएका थिए’, कार्कीले भने। जग्गा बिक्रीका लागि समितिका कर्मचारी कार्यालय आउनासाथ आफूले यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईसँग छलफल गरेको उनी बताउँछन्।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले संस्था ऐन २०३४ अनुसार दर्ता भएका समितिका नाममा रहेको जग्गा बिक्री गर्न जिल्ला प्रशासन कार्यालयबाट सहमति लिनुपर्ने भएकाले सोहीअनुरुप अगाडि बढेको कार्की बताउँछन्।

यातायात समिति संस्था ऐन २०३४ अनुसार गैरनाफामूलक र गैरराजनीतिक संस्थाका नाममा दर्ता छन्

आफूले उनीहरूकै सामु विभाग महानिर्देशसँग कुरा गरेपछि समितिका कर्मचारीले जग्गा बिक्रीको लिखत समेत पेस गर्न नसेको उनको भनाइ छ। संस्था ऐन २०३४ अनुसार दर्ता भएका यातायात व्यवस्था समिति आगामी असार मसान्तदेखि नवीकरण नगर्ने सरकारले निर्णय गरिसकेको छ।

सरकारी निर्णयअनुसार संस्था नवीकरण नभएको अवस्थामा संस्थाका नाममा रहेको सम्पत्ति सरकारको हुन्छ। यसका कारण व्यवसायीले संस्थाको नाममा रहेको सम्पत्ति आफ्नो नाममा सार्न खोजेका छन्। यातायात समिति संस्था ऐन २०३४ अनुसार गैरनाफामूलक र गैरराजनीतिक संस्थाका नाममा दर्ता छन्। तर, विभिन्न यातायात समितिका नाममा अर्बौंको सम्पत्ति रहेको सरकारी अनुमान छ। अन्नपूर्ण पोस्ट दैनिकमा उत्तम काप्रीले खबर लेखेका छन् ।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा