युवाहरुलाई नयाँ ज्ञान र प्रविधीसँगै देशमै रोजगारीको अवसर सिर्जना गरी परिचालन गरिने : सांसद त्रिपाठी

Share it with you friends

३ पौष २०७६, बिहिबार ।
देशको भौतिक निर्माण सँगै युवाहरुलाई समेत बजेट छुट्याउनु पर्ने सँघिय साँसद भुमि त्रिपाठीले बताउनुभयो । युवाहरुलाई स्वरोजगार तथा सिपमा दक्षता हासिल गर्न बजेटका कुरा सँसद सम्म लैजाने उद्घोष गर्नुभएको छ । धादिङको थाक्रे गाउँपालिका ६ महादेवबेशीको सिड्स नेपाल धादिङको प्राङ्गणमा आप्रबासन सम्बन्धि कार्यक्रममा प्रमुख अतिथीका रुपमा आउनु भएका सँघिय साँसद भुमि त्रिपाठीले समृद्धिका लागी युवा मस्तिष्कलाई सहि दिशामा लैजानु पर्ने बताउनुभयो । अहिलेको पुस्ता भन्दा पनि अब आउने पुस्ता अझ सशक्त हुनु पर्ने र यसमा कसैले रिस र डाह गरे देश अधोगति तर्फ जाने समेत त्रिपाठीले बताउनुभयो । युवाहरुको मन, मस्तिष्कलाई बुझेर स्वदेशमै रोजगारी सिर्जना गर्ने वाताबरण बनाउनु पर्ने बताउनुभयो ।


कार्यक्रमका बिषेश अतिथी तथा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले गाउँपालिकामा युवा स्वरोजगारका लागी बिबिध कार्यक्रम भईरहेको र योजना अनुसारका काम गर्न थाक्रे गाउँपालिका तयार रहेको बताउनुभयो । युवाहरुको लागी सिप नै मुख्य हतियार हो भन्दै सिप सिक्न सबैमा अनुरोध गर्नुभयो । अध्यक्ष आचार्यले कृषिको लागी पनि बिभिन्न योजनाहरु बनिरहेको र यसमा युवाहरुको सहभागीतामा जोड दिईने बताउनुभयो ।

आप्रबासि कामदार दिवसको अबसरमा सिड्स नेपाल धादिङको प्राङ्गणमा तिन कार्यक्रम सम्पन्न भएको छ । सँघिय साँसद भुमी त्रिपाठीको प्रमुख आतिथ्यता तथा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको बिषेश आतिथ्यतामा सञ्चालित कार्यक्रममा युवाहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ , युवालाई सहि बाटोमा कसरी अग्रसर गर्न सकिन्छ भन्ने लगायत समग्र क्षेत्रमा रहेर छलफल तथा अन्तरक्रिया गरिएको छ । समृद्धिको यात्रामा युवाको नेतृत्व, शान्ति र दिगो बिकास नेपालको अस्तित्व भन्ने मूल नाराका साथ सञ्चार माध्यम परिचालन युवाहरुको सहभागीतामा पहिचान भएका सवाल र समस्या समाधानका उपाय बिषयक अन्तरक्रिया तथा प्रतिबद्धता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा दौड प्रतियोगीता पनि सम्पन्न भएको छ । दौड प्रतियोगीतामा छात्र तर्फ प्रथम रोसन लामा, द्धितियमा शिशिर तिवारी, तृतियमा ईश्वर खड्का र सान्त्वनामा बिश्वराम रेग्मी बिजयी भएका छन् । यस्तै छात्रा तर्फ निर्मला पौडेल प्रथम, सिर्जना सुवेदी द्धितिय, बिनिता प्रजा तृतीय र सान्त्वनामा सरिता तामाङ बिजयी भएका छन् । बिजयी हुनेलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैगरी कार्यक्रममा चन्द्र ज्योति युवा सिकाई केन्द्र ई लाईबेरी र पुस्तकालयको समेत उद्घाटन गरिएको छ । युवाहरुलाई पढ्ने बानिको बिकास गर्न र नयाँ ज्ञान हासिल गर्न कम्प्युटर सहितको ई लाईबेरी सँघिय साँसद भुमि त्रिपाठीले रिवन काटेर उद्घाटन गर्नुभएको हो । कार्यक्रममा सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतिले सहजिकरण गर्नुभएको थियो ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 12 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा