यौनसम्पर्क गर्न नमानेपछि ‘यौनकर्मी’को हत्या
काठमाडौ । काठमाडौंको एक गेस्ट हाउसमा मृत भेटिएकी युवतीको हत्या भएको खुलासा भएको छ । प्रहरीका अनुसार ती युवतीको हत्या यौनसम्पर्क गर्न नमानेपछि भएको थियो ।
महाराजगन्ज प्रहरी वृतको टोलीले हत्या गरेको आरोपमा सल्यानको शारदा नगरपालिकाका २३ वर्षीय गोपाल शर्मालाई पक्राउ गरेको छ । चैतको अन्तिम साता ज्यान गुमाएकी युवतीको अझै सनाखत हुन सकेको छैन ।
गत चैत २४ गते गोगंबुको न्यु भुनेश्वरी एन्ड अर्जुन पाहुनाघरको कोठाभित्र २२/२३ वर्षीया युवतीको शव घाँटी र खुट्टामा कपडाले बाँधिएको अवस्थामा भेटिएको थियो।
हत्या आरोपी गोपालले सोही दिन दिउँसो मात्र ती युवतीलाई भेटेर त्यो रात सँगै बिताउने सहमति भएको थियो। सुरुवातमा युवतीले २ हजार रुपैयाँ दिनुपर्ने बताएकी थिइन्। उनी आफैले कोठा बुक गर्ने उनको प्रस्ताव थियो।
गोपालले आफुले सुरुमा १५ सय मात्र दिने बताएपनि पछि दुई हजार नै तिर्न तयार भएको बयानमा उल्लेख गरेका छन्।
गोपालले यौन सम्पर्कका लागि प्रयास गरेपछि उनिहरुबीच विवाद सुरु भयो। ‘यौन सम्पर्क गर्न उनले आनाकानी गरिन्। उल्टै आमा र दिदीबहिनीसँग जोड्न थालिन्।
उनलाई रक्सी धेरै लागिसकेको थियो’, गोपालले प्रारम्भिक बयानमा भनेका छन्। त्यसपछि आफूले काखमा राखेर घाँटी थिचेर मारेको र घाँटी र खुट्टा कपडाले बानी खाटमा राखेर साँझ १० बजे त्यहाँबाट निस्किएको उनले बताएका छन् ।
