यौन शक्ति बढाउन सुई प्रयोग गर्दा युवतीकाे ज्यानै गयो

Share it with you friends

नयाँ दिल्ली– भारतको महाराष्ट्रमा यौन शक्ति बढाउन सुई (इन्जेक्सन) प्रयोग गर्दा युवतीको ज्यान गएको छ।
महाराष्ट्रस्थित भिवंडी सहरको शान्तिनगर थाना क्षेत्रस्थित जनकल्याण नाकामा रहेको अशोका होटलमा प्रेमीसँग गएकी २८ वर्षीया युवतीको औषधिको ओभरडोजले ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

रमाइलो गर्न होटल पुगेका प्रेमी भने फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। दुबैले होटलमा कोठा लिएर बसेका थिए। त्यसक्रममा युवतीले यौन शक्ति बढाउने सुई लगाएकी थिइन्।

सुईले स्वास्थ्यअवस्था बिग्रिएपछि उनका प्रेमी उनलाई त्यही छोडेर भागेका थिए। होटलका वेटरले अर्डर लिन आउने क्रममा युवतीलाई बेहोस देखेपछि म्यानेजरलाई जानकारी गराई अस्पताल लगिएको थियो।

अस्पतालमा उनको होस आएको र डाक्टरलाई आफ्नो नाम र ठेगाना बताएपछि केही बेरमै मृत्यु भएको बताइएको छ। घटनाबारे अस्पतालले प्रहरीलाई जानकारी गराएपछि युवतीको शव नियन्त्रणमा लिएर प्रहरीले छानविन थालेको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार अमृतनगरको रशीद कम्पाउण्ड घर भएकी युवती कल्याणनिवासी आफ्ना प्रेमीका साथ भिवंडी आएकी थिइन्।  एजेन्सी

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 15 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते