राजधानीका सवारी साधन असुरक्षित, ५ जना पक्राउ

Share it with you friends

काठमाडौं– राजधानीका सार्वजनिक सवारीसाधनहरु महिला तथा बालिकाका लागि असुरक्षित हुन थालेका छन् ।  काठमाडौंको चक्रपथमा सार्वजनिक यातायातका सवारीचालक र सहचालकहरुले एक बालिकालाई सामुहिक बलात्कार गरेको घटना बाहिरिएसँगै यहाँका सार्वजनिक गाडीहरु असुरक्षित भएको भेटिएको हो ।

गत फागुन १७ गते बल्खुमा निस्किएकी १५ वर्षीया बालिकालाई बा.४.ख.३८५१ नम्बरको गाडीचालक र सहचालकले लगेर १० दिनसम्म विभिन्न स्थानमा बन्धक बनाएर सामुहिक बलात्कार गरेका थिए । उक्त गाडीका चालक सन्तोष घिमिरे र सहचालक दिवस गड्तौलासहित बा २ ख २१९५ नम्बरको गाडीका चालक भोला तामाङ्ग, सहचालक चन्द्रबहादुर सापकोटा र अर्को गाडीका सहचालक सुदिप बजगाईले बलात्कार गरेको महानगरीय प्रहरी परीसर काठमाडौका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

उनीहरुले बालिकालाई फागुन १७ गते साँझ बसुन्धरा ग्यारेजमा, १८ देखि २४ गतेसम्म ललितपुरको हरिसिद्धिस्थित कोठामा, २४ र २५ गते गाडीमै र २७ गते स्वयम्भु ग्यारेजमा राखेर बलात्कार गरेको प्रहरीले जनाएको छ । लगातार बलात्कार गरेका उनीहरुले फागुन २८ गते बालिकालाई गर्भनिरोधक औषधी खुवाएर २ सय ५० रुपैँया दिई स्वयम्भुमा लगेर छाडेका थिए । प्रहरीले घटनामा संलग्न ५ जनालाई पक्राउ गरी जवर्जस्ती करणी मुद्दा अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 12 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा