रातो मच्छिन्द्रनाथको रथ बनाउने काम अन्तिम चरणमा (फोटो फिचर)

Share it with you friends

काठमाडौं, ४ वैशाख । रातो मच्छिन्द्रनाथको रथ बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

यवाल गुथियारहरुले रथमा बेतले बाध्ने काम गरेका छन् । मूर्तिलाई रथारोहण गर्नु अघि सुनका फूल, झयाल, कौसी, धमा जडान गरिने रथ निमार्णमा संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनुभयो ।

चित्रकार समुदायले ह्यग्रिभ भैरवको अनुहार कोरेपछि मात्र रथको अगाडि भागमा रहने लामो काठ धमालाई रथमा जडान गरिने उहाँले बताउनुभयो ।

रथको रक्षाको लागि ककोर्टक नागले भैरवको मुखटा लगाएर रथको अगाडि बस्ने जनविश्वास छ । रथारोहण गरेर विहीवारदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुनेछ ।


रातो मच्छिन्द्रनाथको रथको अघिपछि लगाएर तानिने मीननाथको रथमा यवाल गुथियारहरुले बेतले बाध्ने काम गरिरहेका छन् ।

मच्छिन्द्रनाथको रथ ललितपुरको पुल्चोकमा बनाइन्छ भने मीमनाथको रथ टंगलमा बनाउने गरिन्छ ।

काठमाडौं उपत्यकामा खडेरी परेको बेला त्यसबेलाका राजा नरेन्द्रदेव , तान्त्रिक बन्धुदत्त बज्राचार्य र ललितज्यापुले भारतको कामारुकामाक्षबाट रातो मच्छिन्द्रनाथ ल्याएको जनविश्वास छ । त्यहिप्रतिक स्वरुप हरेक वर्ष कटुवाल दहबाट देवता ल्याउने गरिन्छ ।

रथको माथिल्लो भागमा रहने धकिबाँयम्व राखेपछि मूर्तिलाई रथमा राखिने पुजारी विनोद बज्राचार्यले बताउनुभयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 10 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 11 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 10 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 21 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते