राफेल नाडलले फ्रेन्च ओपन टेनिसको उपाधि जिते

Share it with you friends

एजेन्सी, २८ जेठ । स्पेनिस खेलाडी राफेल नाडलले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

उनले फाइनलमा अष्ट्रियाका डोमिनिक थिइमलाई ३–० को सोझो सेटमा हराउँदै करिअरको १७ औं ग्राण्डस्लाम उपाधि जितेका हुन् ।

यो उनको ११ औं फ्रेन्च ओपन उपाधि हो । फाइनलमा उनले थिइमलाई पहिलो सेटमा ६–४ ले, दोस्रो सेटमा ६–३ ले र तेस्रो सेटमा ६–२ को सहज जित हात पारे ।

नाडल सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने खेलाडीको सूचीको दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा भो रोजर फेडेरर छन् । उनले २० वटा ग्राण्डस्लाम उपाधि जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *