राष्ट्रपति भण्डारी अब ट्वीटरमा

Share it with you friends

काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी सामाजिक सञ्जालमा जोडिनु भएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारी सामाजिक सञ्जाल ट्वीटरमा जोडिनु भएको जनाएको हो ।

अब राष्ट्रपति कार्यालयमा विभिन्न जानकारी राष्ट्रपति भण्डारीको आधिकारिक ट्वीटमार्फत थाहा पाउन सकिने छ ।

राष्ट्रपति भण्डारीले सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *