राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कडेलसहित पदाधिकारीद्वारा सपथ तथा पदभार ग्रहण

Share it with you friends

काठमाडौं , १३ वैशाख । राष्ट्रिय योजना आयोगका नव नियुक्त उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।

बिहिबार प्रधानमन्त्री कार्यालयमा आयोजित स्वागत तथा सपथ ग्रहण कार्यक्रममा आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री समक्ष सपथ ग्रहण गरेलगत्तै प्रधानमन्त्रीको उपस्थितिमा आयोगका नवनियुक्त पाँच जना सदस्यलाई पद तथा गोेपनियताको सपथ ग्रहण गराउनु भएको छ ।

सदस्यहरु कृष्णप्रसाद ओली, मीनबहादुर शाही, दिलबहादुर गुरुङ, रामकुमार फुयाल र शुशिल भट्टलाई उपाध्यक्ष कडेलले सपथ ग्रहण गराउनु भएको हो ।

मुलुक बाहिर रहेकाले सदस्य उषा झा सपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्नु भएको आयोगका अधिकारीले जानकारी दिए । लामो समयदेखि खाली रहेको आयोगमा मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पदाधिकारी नियुक्त गरेको थियो ।

सपथ ग्रहण पश्चात उपाध्यक्ष कडेल सहित सदस्यहरुलाई राष्ट्रिय योजना आयोगमा स्वागत गरिएको थियो । पदाधिकारीहरुको पदभार ग्रहणसंगै बसेको पहिलो बैठकले राष्ट्रिय योजना आयोगमा नियुक्त गरेर जिम्मेवारी सुम्पेकोमा नेपाल सरकार, मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयलाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

पदभार ग्रहण पश्चात पत्रकारलाई संक्षिप्त प्रतिकृया दिँदै उपाध्यक्ष कडेलले नेपाल सरकारको निर्देशन, संविधानले निर्दिष्ट गरेका प्रावधान र अन्तर्राष्ट्रिय प्रतिवद्धताको कार्यान्वय गर्दै अगाडी बढ्ने बताउनु भयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते