देश विकास

विकास पत्रकारिता

रास्वपा थाक्रेको सभापतिमा सुवेदी निर्वाचित

Share it with you friends

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाक्रेको अधिवेशन भएको छ। अधिवेशनबाट नयाँ नेतृत्व तथा विभिन्न तहका प्रतिनिधिहरू सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। अधिवेशनबाट सविन सुवेदी सभापतिमा निर्वाचित भएका छन्। त्यसैगरी उषा न्यौपाने उपसभापति, कृष्णबहादुर तामाङ सचिव तथा निराज तामाङ सहसचिवमा निर्वाचित भएका छन्।

समितिका सदस्यहरूमा सावित्री पौडेल, सुमन थापा, राजकुमार लामा, विक्रम सिलवाल र सौगात रिजाल निर्वाचित भएका छन्।

त्यसैगरी जिल्ला अधिवेशन प्रतिनिधिमा मुकुन्द थापा, कुमार बास्कोटा र श्याम थापा निर्वाचित भएका छन्। प्रदेश अधिवेशन प्रतिनिधिका रूपमा स्वारिका सुवेदी तथा महाधिवेशन प्रतिनिधिका रूपमा सरोज गजुरेल चयन भएका छन्।

नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई बधाई दिँदै अधिवेशनले संगठन विस्तार, पार्टी सुदृढीकरण तथा आगामी गतिविधिहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts