जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनलाई व्यवस्थित गर्न सरकारले जोर विजोर प्रणाली लागू गरेकाले अब नयाँ पास जारी गर्न बन्द गरेकाे छ भने काठमाडौं प्रवेश गर्नको लागि व्यक्ती वस्ने स्थानीय तहको स्वीकृती पत्र आनिवार्य गरेको छ ।
पुग्नुपर्ने स्थानीय तहको स्वीकृति समेत उल्लेख गरी प्रस्थान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै एक जिल्लावाट अर्काे जिल्ला आवतजावत हुने व्यवस्था भएको पनि जनाइएको छ ।
सम्बन्धित स्थानीय तहको औपचारिक स्वीकृत प्राप्त व्यक्ति मात्रै नाकाबाट प्रवेश पाउने जिल्ला प्रशासन कार्यालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सम्बन्धित स्थानीय सरकारले दिएको अनुमतिलाई जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेपछि मात्र प्रवेश पाउने समेत बिज्ञप्तीमा उल्लेख छ ।







