वर्षाको कारण नेपाल र मलेसियाबीचको खेलमा अवरोध

Share it with you friends

२०७६ साउन ८ गते

टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटका लागि तय नेपाल र मलेसियाबीचको आजको खेल वर्षाका कारण प्रभावित भएको छ । सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाली समय अनुसार ७ बजेर १५ मिनेटमा खेल सुरु हुने भनिए पनि पानी परेपछि खेल सुरु हुन सकेको छैन । वर्षा जारी रहेकाले खेल सुरु हुने सम्भावना कम रहेको छ ।

आजको खेलमा वर्षाले प्रभाव पारेमा र नेपालले अंक बाँड्नु परेमा सबैभन्दा ठूलो घाटा नेपाललाई हुनेछ । विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्नका लागि पनि आजको खेल जित्नै पर्ने हुन्छ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा कमजोर मानिएको कतारसँग चार विकेटले पराजित भएको थियो ।

त्यस्तै यसअघि सिंगापुर प्रस्थानअघि नेपालले मलेसियासँग उसैको भूमिमा दुई खेलमा टी–२० क्रिकेट सिरिज खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *