विकासको लागि प्रतिवद्ध छु : रमेश आचार्य

Share it with you friends

नेकपा एमालेको तर्फवाट धादिङ जिल्ला प्रदेश सभा १(१) मा उम्मेद्धार रहनुभएका रमेश आचार्यले घरदैलो कार्यक्रमलाई जारी राख्नुभएको छ । मौन अबधी सुरु हुन केही दिनमात्रै बाकी रहेको अवस्थामा आचार्यले घरदैलो अभियानलाई निरन्तरता दिईरहनुभएको छ ।

घरघरमा पुगेर युवा, वृद्ध, वालवालिका, किसान, सामाजिक अभियन्ता लगायतसगँ अन्तक्रिया गरिरहेको छु, आचार्यले भन्नुभयो, जनताको अपार माया र समर्थन पाएको छु । नेकपा एमाले प्रति जनताको अभुतपूर्व समर्थन रहेको भन्दै युवा, विद्यार्थी, किसानमात्रै नभएर समाजको आधारभुत तल्लो वर्गको प्रतिनिधित्व गर्ने पार्टी नेकपा एमाले भएको उहाँले वताउनुभयो ।

युवावर्गको प्रतिनिधित्व आफुले गर्ने भएपनि समग्र यस क्षेत्रको विकासमा आफुले योगदान गर्ने आचार्यको भनाई छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरिरहदा यस क्षेत्रको विकासको लागि सक्दो योगदान गरेको स्मरण गर्नुभयो ।

यस क्षेत्रको मात्र नभएर समग्र देशकै विकासको लागि आफुले योगदान गर्ने भन्दै भ्रममा नपर्न मतदातालाई आग्रह समेत गर्नुभएको छ ।

को हुन आचार्य ?
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा क्षेत्र नं।१ अन्तर्गत धादिङको प्रदेशसभा क्षेत्र नं। ९१० को नेकपा ९एमाले० को सुर्य ध्वजाबाहक उम्मेदवार रमेश आचार्य धादिङ जिल्लाको थाक्रे गाउँपालिका(९, केवलपुरमा जन्म भएको हो ।
४० वर्षमा पाईला चाल्दै गर्नुभएका आचार्यले स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएको छ भने हाल उहाँ नेकपा एमाले वागमती प्रदेश प्रदेश कमिटी सदस्य तथा केन्द्रीय युवा तथा खेलकुद विभाग सदस्य
हुनुहुन्छ ।

राजनीतिक र सांगठनिक आबद्धता

🔹नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्योति मावि, केवलपुर सह(प्रारम्भिक कमिटी सदस्य – २०५३
🔸अनेरास्ववियु ज्योति मावि, केवलपुरको प्रारम्भिक कमिटी सचिव – २०५५
🔹अनेरास्ववियु धादिङको १५ औं जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य – २०५५
🔸नेकपा ९एमाले० को संगठित सदस्यता प्राप्त – २०५५र०७र०७
🔹अनेरास्ववियु धादिङको जिल्ला कमिटी सदस्य – २०५५
🔸अनेरास्ववियु, जिल्ला कमिटी धादिङको कोषाध्यक्ष – २०५७ समेत रहनु भएको थियो। तेस्तै
🔹अनेरास्ववियु, धादिङको सचिव – २०५८
🔸अनेरास्ववियु धादिङको अठारौं जिल्ला सम्मेलनबाट अध्यक्ष निर्वाचित – २०५९
🔹अनेरास्ववियुको सत्रौं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य ९रापस० – २०६१
🔸अनेरास्ववियुको अठारौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्य – २०६३
🔹अनेरास्ववियुको उन्नाइसौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्य – २०६५
🔸अनेरास्ववियुको बीसौं राष्ट्रिय सम्मेलनमा कोषाध्यक्ष पदको प्रतिस्पर्धी – २०६७
🔹नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिव – २०६८ देखि २०७४
🔸तत्कालीन युवा संघ नेपाल ९हालको राष्ट्रिय युवा संघ नेपाल० को स्थायी कमिटी सदस्य – २०७०
🔹युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य – २०७०
🔸युवा संघ नेपालको केन्द्रीय कमिटी सचिव – २०७४
🔹राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी सदस्य – २०७५
🔸राष्ट्रिय युवा संघ नेपालको महासचिव – २०७७
🔹नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी सदस्य – २०७८
🔸नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य – २०७८
🔹नेकपा एमाले केन्द्रीय युवा तथा खेलकूद विभाग सदस्य – २०७९
🔸विभिन्न संघ(संस्थामा आबद्धता
🔹भ्रमण : भारत, चीन, जापान, दक्षिण कोरिया, मोरक्को, स्वीट्जरल्यान्ड, स्पेन, फ्रान्स, दुबई ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 4 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते