‘विविधता बहुलता र लैगिङ्क समानताः सामुदायिक प्रसारणमा महिला सहभागिता’ भन्ने नारासहित राष्ट्रिय परामर्श कार्यक्रम आजबाट धादिङको बैरेनीमा शुरु

धादिङ २०७६ पुस ०८, मंगलबार । ‘विविधता बहुलता र लैगिङ्क समानताः सामुदायिक प्रसारणमा महिला सहभागिता’ भन्ने नारासहित राष्ट्रिय परामर्श कार्यक्रम आजबाट धादिङको बैरेनीमा शुरु भएको छ । रेडियोमा महिलाहरूको सवालमा छलफल गर्न देशभरका रेडियोकर्मी महिला धादिङमा भेला भएका हुन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को आयोजनामा ८ गर्ते र ९ गते चल्ने भेलामा सामुदायिक प्रसारणमा महिला सहभागिताका बारेमा छलफल हुने छ ।भेलामा देशभरका ३ सय ५० भन्दा बढी रेडियोका १ सयभन्दा धेरै रेडियोकर्मी सहभागि भएका छन् । कार्यक्रममा, रेडियोमा महिला सहभागिता र महिलाहरूको सवालमा रेडियोले उठाइरहेका बिषयमा छलफल हुने अकोराबका सचिब बन्दना दनुवारले जानकारी दिनुभयो ।भेलामा महिला सहभागिताका विषयमा नेपालको सामुदायिक रेडियोमा हालसम्म भएको अभ्यास र आगामी दिनको रणनीतिको बारेमा पनि छलफल हुनेछ ।दक्षिण एसियाका सामुदायिक रेडियोमा भइरहेको असल अभ्यास र नेपालले सिक्नुपर्ने बिषयमा पनि छलफल हुने सचिव दनुवारको जानकारी दिनु भयो ।

भेलाको राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले उद्घाटन गर्नु भएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अधक्ष्य शुवास खतिवडा को अधक्ष्यता मा शुरु भएको उक्त कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल,जिल्ला समन्वय समिती धादिङ्ग को प्रमुख जगनाथ आचार्य स्थानिय तहका प्रमुख हरु लगाएतको उपस्थित रहेकाछन ।

कार्यक्रमको कृषि रेडियो ले प्रत्यक्ष प्रसारण गरिरहेको छ
