विश्वकप छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग खेल्दै

Share it with you friends

२८ असोज २०७६, मंगलबार ।

विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम होम खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । अम्मान अन्तर्रा्ष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राति ९ बजेर ४५ मिनेटमा नेपाल र जोर्डन बीचको खेल सुरु हुनेछ । पाँच पटक विश्वकप खेलिसकेको राष्ट्र अष्ट्रेलियासँग ५–० गोलको हार ब्यहोरेको नेपाल त्यतैबाट जोर्डन पुगेको हो । जोर्डनलाई उसैको घरेलु मैदानमा रोक्ने लक्ष्यमा नेपाल रहेको छ ।

त्यसो त सन् २०११ को जुलाई २३ मा विश्वकप छनोटको दोस्रो चरणमा जोर्डनसँग उसैको घरेलु मैदानमा ब्यहोरेको ९–० को हारको बदला लिने दाउमा पनि नेपाली टिम छ ।
नेपालले आफ्नो पहिलो खेलमा कुबेतसँग ७–० को हार ब्यहोरेको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले तीन खेलबाट दुई खेलमा हार र एक खेलमा जितसहित ३ अंक बनाएको छ । शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रो स्थानमा कुबेत, तेस्रो स्थानमा जोर्डन रहँदा चौथो स्थानमा नेपाल छ । त्यस्तै अन्तिममा चाइनिज ताइपेई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *