विषादीयुक्त खानेकुराको बिगबिगी, उपभोक्ता हैरानी खेप्दै

Share it with you friends

स्वच्छता तथा वनस्पतिजन्य स्वच्छतासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुग्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा रहेका कानून कार्यान्वयन गर्ने निकायहरूले कडाइ नगर्दा उत्पादन स्थलदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुगेको जनाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (एसपिएस) नेशनल इन्क्वाइरी प्वाइन्ट बबरमहल काठमाडौँद्वारा आइतबार बिरगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले नेपाल भारत सीमा क्षेत्रमा स्वच्छता सम्बन्धी कानून कार्यान्वयनमा जोड दिएका थिए ।
कार्यक्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले स्वच्छता तथा वनस्पतिजन्य स्वच्छता, डब्ल्युटिओ र एसपियस सम्झौताको मुख्य प्रावधानका बारेमा जानकारी दिनुभयो ।

नेपाल विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) को १४६औं सदस्य देश हो । खाद्य पदार्थको व्यापार विस्तार भएसँगै स्वच्छतासम्बन्धी त्रुटीहरु बढ्न गएको र यसले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिरहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *