विस्फोटमा परी १० काे मृत्यु

Share it with you friends

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अचानक भएको विस्फोटमा परी १० तालिबान आतङ्ककारी मारिनुको साथै अन्य चार घाइते भएका छन ।

सैनिक स्रोतले शनिबार सो जानकारी दिएको छ । प्रान्तीय राजधानी मैमानाको दक्षिणमा पर्ने पासतोन कोट जिल्लाको सर हाव्ज सहरमा स्थानीय समयाअनुसार शुक्रबार १०ः३० बजे राति सो विस्फोट भएको सैनिक अधिकारी हानीफ रेजाईले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

विस्फोट पर्दाथ बनाउनको लागि व्यस्त रहेका ती तालिबान आतङ्ककारीहरुको मृत्यु भएको बताइएको छ । मारिएका ती आतङ्ककारीहरु मध्ये दुई जना बम बनाउने निपूर्ण रहेकाहरु थिए ।

सरकारसँग युद्धरत तालिबान आतङ्ककारी समूह यस विस्फोटको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
रासस/सिन्ह्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *