वेश्या र मदिराले बदनाम यो शहर यसरी समुन्द्रमा विलिन भयाे

Share it with you friends

एजेन्सी, ८ चैत । जमैकाको पोर्ट रोयल कुनै समय संसारकै सबैभन्दा धेरै व्यस्त र मानव चहलपहलले भरिएको शहर थियो । वेश्या, मदिरा र समुन्द्री लुटेराहरुको गढ बनेको त्यस शहर संसारभरी नै बदनाम थियो ।

सन् १६९२ मा आएको विनाशकारी भूकम्पले एकै झट्कामा त्यस शहरलाई समुन्द्रमा बिलिन गरायो । शहर समुन्द्रमा हराएपछी धेरै मानिसहरु पनि त्यसै समुन्द्रमा समाधिस्त भएका थिए ।भनिन्छ सन् १५१८ तिर स्पेनका मानिसहरुले त्यस टापुलाई फेला पारेका थिए । तर पछि अंग्रेजहरुले त्यसलाई कब्जा गरेका थिए । त्यस क्षेत्रमा अंग्रेज र अन्य देशका समुन्द्री लुटेराहरुबीच व्यापार चल्थ्यो । अंग्रेजहरु त्यहाँ मानव तस्करी, मदिरा, सुनचाँदी र वेश्याहरुको माध्यमबाट पैसा कमाउँथे । खराब धन्दा चलाएको कारणले पोर्ट रोयल ‘सिन सिटी’ अर्थात् पापको शहर नामले परिचित थियो ।

पापले पराकाष्टा नागेको शहरको नीति र नियम पनि पापपूर्ण नै थियो । शहरको गभर्नरसम्म एक समुद्री लुटेरा नै थियो । हैनरी मोर्गन नाम गरेका ती समुन्द्री लुटेराले त्यस शहरमा गभर्नर बनेर वर्षौंसम्म शासन गरेका थिए ।धेरै वर्ष अघि केही वैज्ञानिकहरुले समुन्द्रमुनि खोजी अनुसन्धान गरेर त्यस शहरलाई पानीमुनि फेला पारेका थिए । त्यस शहरका धेरै क्षेत्रहरु आज पनि पानीमुनि एकदमै सुरक्षित छन् ।

सिन सिटीको अवशेष आज पनि समुन्द्रभन्दा ४० फिटमुनि यथावत् नै छ । केही पर्यटकहरुले सन् १९९० सम्म अग्लो स्थानबाट पानी मुनि डुबेको त्यस शहरलाई देख्न सकिने दावी गरेका थिए ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 15 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते