वैदेशिक रोजगारमा गएकाहरु किन गर्छन आत्महत्या !

Share it with you friends

काठमाडौँ, १२ वैशाख । विदेशमा रहेका नेपाली कामदारको दिनहुँ हुने मृत्युको प्रमुख कारण पछिल्लो समय आत्महत्या बन्न पुगेको छ

वैदेशिक रोजगारीका नाममा शोषण र ठगीका घटना बढिरहेका बेला मृत्युको पहिलो कारण आत्महत्या देखिएपछि यस क्षेत्रमा थप चुनौती देखिएको छ । स्वदेशमा रोजगारीको अवसर नपाएपछि विदेशिएका कामदारले आत्महत्या गर्ने क्रम बढेपछि सरोकारवालाहरु झस्केका छन् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार गत साउनदेखि सोमबारसम्म विभिन्न मुलुकमा ६३३ नेपाली कामदारको निधन भएको छ । यसमध्ये सबैभन्दा बढी १०५ जनाले आत्महत्या गरेका छन् । कामदारको ज्यान लिने दोस्रो कारण प्राकृतिक मृत्यु रहेको छ । यसअवधिमा प्राकृतिक कारणले ज्यान गुमाउने कामदारको संख्या एक सय पुगेको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीका क्रममा जुनसूकै कारणले मृत्यु भएका व्यक्तिका परिवारलाई बोर्डले सातलाख रुपैयाँ राहत र बिमा कम्पनीले १५ लाख रुपैयाँसम्म रकम उपलब्ध गराउँछन् ।

वैदेशिक रोजगारीको क्रममा आत्महत्या गर्ने क्रम बढ्नुलाई क्षतिपूर्ति रकम बृद्धिले प्रोत्साहन गरेको त होइन भन्ने प्रश्न पनि गर्न थालिएको छ । बोर्डकी आप्रवासन स्रोत केन्द्र संयोजक पुनम थपलिया वैदेशिक रोजगारीमा जाने बेला युवाले ठूलो रकम ऋण लिने र त्यो तिर्ने पारिश्रमिक नपाउँदा आत्महत्याका घटना बढेका हुन सक्ने ठान्छिन् ।

नागरिक दैनिकमा खवर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते