वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच एकता : अध्यक्ष दाहाल

Share it with you friends

धनकुटा, २७ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वरोजगारमूलक शिक्षा प्रदान गर्न नीति सरकारले लिएको बताउनुभएको छ ।

धनकुटाको पाख्रिबास नगरपालिकास्थित कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि संकाय कक्षाको उद्घाटन तथा भवन शिलान्यास गर्दै उहाँले भन्नुभयो– “शैक्षिक बेरोजगार उत्पादन गर्ने अहिलेको शिक्षा प्रणालीलाई अन्त्य गरी स्वरोगारमूलक शिक्षा प्रदान गर्ने नीति सरकारको छ ।”

अध्यक्ष दाहालले प्राविधिक शिक्षामार्फत नै मुलुकको विकास र समृद्धि गर्ने बताउँदै व्यावसायिक शिक्षा प्रदान गर्ने गरी प्राकृतिक सम्पदाको प्रयोग गर्ने शिक्षाका रुपमा प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो । आगामी वैशाख ९ गते नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता गरी नेपाल कम्युनिष्ट पार्टी बन्ने छ, उहाँले भन्नुभयो, “समाजवादको लक्ष्य सम्म पुग्न समृद्धिको बाटो सहज बनेका कारण अब विकास र सुशासनको युग स्थापित गरी सामाजिक न्यायका माध्यमबाट समाज परिवर्तन गर्न सरकारको जिम्मेवारी बढेको छ ।”

कृषि तथा विज्ञान विश्वविद्यालयमा सञ्चालित पशु विज्ञान, कृषि विज्ञान र वन विज्ञान मध्य सेमेस्टर प्रणालीअन्तर्गत चारवर्षे कृषि विज्ञानअन्तर्गतको बिएस्सी कृषिएजीको पहिलो वर्षको कक्षा शुरु भएको छ । क्याम्पस सञ्चालनका लागि पाख्रिबास नगरपालिकाका स्थानीयले १०५ रोपनी जग्गा दान गरेका छन् ।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 12 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा