शरीरको कुन अंगमा कोठी भए कस्तो फल ?
शरीरमा भएका कोठीहरुले मानिसको भाग्यको संकेत गर्ने विश्वास लिइन्छ । आउनुस्, आज हामी शरीरको कुन अंगमा कोठी भए कस्तो फल पाईन्छ भन्ने जानकारी दिँदैछौं ।
- नाकमा कोठी भएमा विदेशयात्रा भइरहन्छ ।
- कानमा कोठी भएमा अल्पआयुको संकेतको रुपमा बुझिन्छ ।
- बायाँ गालाको कोठीले निर्धन बनाउन सक्छ ।
- दाहिने गालाको कोठी धनवान हुने संकेत हो ।
- निधारको दाहिने भागमा कोठी छ भने धन बढ्दै जान्छ भन्ने सोच्नुस् ।
- निधारको देब्रेभागमा कोठी भए जीवन दु:खमा बित्नसक्छ ।
- चिउँडोमा कोठी हुनेको स्त्रीसँग मेलमिलापमा समस्या आईरहन्छ ।
- दायाँ आँखाको कोठीले स्त्रीसँग प्रगाढ प्रेमको संकेत गर्छ ।
- बायाँ आँखाको कोठी निरन्तर चिन्ताको सूचक हो ।
- माथिल्लो ओठमा कोठी हुनेहरु कामोत्तेजक हुन्छन् ।
- तल्लो ओठमा कोठी हुनेहरुलाई दु:खले कहिल्यै छोड्दैन ।
- गर्धनमा कोठी हुनेहरुलाई आराम मिलिराख्छ ।
- दाहिने छातीमा कोठी भए स्त्रीसँग सम्बन्ध भइरहन्छ ।
स्रोत: पुस्तक ‘राशीफल+सपनाको फल साथै विभिन्न महत्वपूर्ण जानकारी’
