शिक्षामन्त्री गिरीराजमणि पोखरेलको सम्पती कति ?

Share it with you friends

काठमाडौं, २८ चैत  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । अाज पत्रकार सम्मेलन काे अायाेजना गरेर मन्त्री पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

उनले सार्वजानिक गरेको विवरणअनुसार मन्त्री पोखरेलको पैतृक स्रोतबाट प्राप्त खोटाङ रावावेशी गाउँपालिका वडा नम्बर २ मा कित्ता नं २२५ को १२ रोपनी, २ आना र १० रोपनी, १४ आना २ पैसा १ दाम जग्गा छ । सो जग्गा अंशवण्डाबाट आएको र कनक स्मृति प्रतिष्ठानलाई प्रदान गरेको उनले वताएका छन् ।

मन्त्री पोखरेलको एभरेष्ट बैंक पुलचोक शाखामा ३ लाख ६७ हजार रुपैयाँ छ । सो रुपैयाँ संविधानसभाको सदस्य, मन्त्री र व्यवस्थापिका संसदको सदस्य हुँदा आर्जन गरेको उनले उल्लेख गरेका छन् । त्यस्तै, उनको नाममा नेपाल बंगलादेश बैंकमा १३ हजार ९ सय ९३ रुपैयाँ छ । जनएकता साप्ताहिकको सम्पादक–प्रकाशक हुँदा सो रकम प्राप्त भएको उनले उल्लेख गरेका छन् । रुपाकोट सामुदायिक रेडियो खोटाङमा मन्त्री पोखरेलले ५ हजार लगानी गरेको उनकाे सम्पती  विवरणमा उल्लेख गरिएकाे छ ।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 13 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा