धादिङ । धादिङ निर्वाचन क्षेत्र नं २ का नेकपा एमालेका प्रनिधिसभा सदस्यका उम्मेदवार खेम प्रसाद लोहनीले धादिङको ज्यामरुङ र कटुञ्जेका श्री ५ को बायुगुठी पीडितको पक्षमा आफू रहेको र आफूसँधै लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १०, ११ र नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ लगायतको अधिकांस स्थानीय नागरिकहरुको परापूर्वकाल देखि वसोवास, खेतीपाति गर्दै आएको श्री ५ को बायुगुठी जनाएको जमिनहरु बिगत आर्थिक वर्ष २०७३÷०७४ देखि अंंशवण्डा, बेचविखन गर्दा बन्ने जग्गाधनी प्रमाणपूर्जामा जग्गा धनीको नाम थर हटाइ मोही भन्ने शब्द जनाइएको प्रति पीडित समूदायले यस वर्ष आफ्नो समस्या समाधान गर्नेलाई मात्र मत दिने जनाएका थिए । ०७३÷७४ अघि रैकर रहेको जग्गाको तिरोतिर्नमात्र गुठीलाई तिर्नेगरिएको थियो ।
श्री ५ को बायु गुठी भनि उल्लेख गरि जग्गा धनीको नाम मोही उल्लेख भएकोले सबै जग्गा धनीको स्वामित्वमा लालपूर्जा पाउनका लागि यसअघि आफूले पहल गरेको र आगामी दिनमा आफू पदमा रहे वा नरहे पनि गुठी पीडितको लागि लागि रहने उम्मेदवार लोहनीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यसैगरि नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले एमाले सरकार बनाएर गुठीका सबैसमस्या समाधान गर्ने बताउनुभयो । श्री ५ हराइ सकेको अवस्थामा श्री ५ को बायु गुठी रहनु दुखद भएको भन्दै बायुगुठी मोही भनिएकाहरुको नाममा लाल पुर्जा दिनेकुरामा एमालेले समस्या समाधान गर्ने उहाँको भनाइ छ ।

श्री ५ को बायुगुठी पीडितको पक्षमा काम गर्ने खेम लोहनीको प्रतिवद्धता
Related Posts
-
साँझको चुलो बल्ने आसमा सुत्केरी अञ्जली
दिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङकी २१ वर्षीया अञ्जली तामाङ एक साता अघि पहिलो सन्तानकी आमा…
-
‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’
काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज…
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही…
-
नेपाल जापान सम्वन्धकाे ७० वर्ष, धुनिबेशीमा राेपियाे ७० वटा साकुरा
नेपाल जापान दौत्य सम्वन्धको ७० वर्षको अवसरमा धुनिबेशी नगरपालिका ८ को बनदेबी सामुायिक बन अन्तरगतको…





Leave a Reply