सङ्लियो त्रिशुली

Share it with you friends

धादिङ । हिउँदमा पनि बर्खाझैं धमिलो बग्ने त्रिशुली नदीको पानी दुई सातायता सङ्लिएको छ।

धमिलो त्रिशुली सङ्ल्याउन बाह्र वर्षदेखि खबरदारी अभियान चलेको थियो। धादिङ मलेखु क्षेत्रका आठ/दश जनाले सुरू गरेको त्रिशुली बचाऊ अभियानले बृहत रूप लिएपछि सङ्लो त्रिशुली बग्न सम्भव भएको हो।  त्रिशुली बचाऊ अभियानका श्रवणकुमार त्रिपाठीले चेतनामुलक खबरदारी र संघर्षबाट सङ्लो त्रिशुली बगाउन सफल भएको बताए।

‘धमिलो त्रिशुलीमा डुंगा चढेर कन्सर्ट कार्यक्रम गरियो। पञ्चेबाजासहित दोहोरी पनि गाइयो। त्यसपछि मिडियामा त्रिशुली धमिलो भयो भन्ने समाचारले प्राथमिकता पायो’ संयोजक त्रिपाठीले  भने, ‘प्रधानमन्त्री, वातावरण मन्त्री, ऊर्जा मन्त्रीलगायतलाई भेटेरै त्रिशुली सङ्ल्याउन खबरदारी गर्यौं।’ वन, नदीलगायतबाट पाँच सय मिटर क्षेत्रभित्र फिरफिरे उद्योग चलाउन पाइँदैन। तर प्रशासनको आडमा बालुवा तस्कर र जनप्रतिनिधिले नै फिरफिरे चलाउँदै आएका थिए।मापदण्ड पूरा नभएका यस्ता उद्योगले माटो मिसिएको बालुवा धोएपछि त्रिशुली धमिलो भएको त्रिपाठीले बताए।

‘मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश ३ का कानून मन्त्री शालिकराम जमरकट्टेल, धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी र त्रिशुली बचाऊ अभियानको सक्रियतामा दुई सातादेखि त्रिशुली सङ्लो बगेको हो’ संयोजक त्रिपाठीले भने, ‘फेरि फिरफिरे सञ्चालन गर्न दिने चलखेल भएको छ। कति दिन टिक्छ।’

अवैध सञ्चालनमा गरेका ती फिरफिरे उद्योगमा फागुन अन्तिम साता विद्युत काटिएको थियो। पानी प्रदुषित हुनबाट रोक्न त्रिशुली सङ्लो बनाउने अभियानमा लागेको उनले बताए।‘त्रिशुली सङ्लो बगेपछि मानिसहरू खुसी भएका छन्। तस्करले निरन्तर चलखेल गरेका छन्, कति दिन टिकाउन सकिन्छ भन्ने चिन्ता छ,’ उनले भने।

समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको संयोजकत्वमा मंगलबार बसेको बैठकले जिल्लाभित्र रहेका फिरफिरे उद्योगबाट निस्केको पानी सिधै नदीमा मिसाउन नपाउने निर्णय गरेको छ। प्रजिअसहित गाउँपालिका अध्यक्षहरू सहभागी बैठकले राजमार्ग र सडकबाट १०० मिटर क्षेत्र बाहिर मात्रै फिरफिरे उद्योग सञ्चालन गर्न पाउने निर्णय गरेको छ। ‘उद्योगबाट निस्कने फोहोर पानी पूर्ण रुपमा सङ्ल्याएर मात्र पानीको निकास दिने, धमिलो पानी थिग्राउन तीन तहको टयांकी बनाएर सङ्लो पानीमात्र बाहिर पठाउने’ निर्णयको दोस्रो बुँदामा भनिएको छ।पुनर्निर्माणका लागि नदीजन्य पदार्थ (ढुंगागिट्टी र बालुवा) आवश्यक पर्ने भन्दै पुनः फिरफिरे सञ्चालन गर्न दिने बैठकले निर्णय गरेपछि बाह्र वर्षपछि सङ्लिएको त्रिशुली पुनः धमिलो हुने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

जनप्रतिनिधि नै अवैध फिरफिरे सञ्चालन गर्ने चलखेलमा लागेकाले त्रिशुली सङ्लो बगाइराख्ने अभियानलाई दीर्घकालीन बनाउन सबैको सहयोग आवश्यक पर्ने त्रिपाठी बताउँछन्। धादिङका प्रजिअ भण्डारीले सबै प्रक्रिया पुर्‍याएर मात्रै उद्योग दर्ता गरिने भएकाले अब जथाभाबी फिरफिरे सञ्चालन नहुने बताए। ‘ढुक्क हुनुस्, सङ्लो त्रिशुली अब धमिलो हुन्न। मापदण्ड पूरा गर्ने उद्योग मात्रै चल्छ। फिरफिरे उद्योगले पानी सङ्ल्याउने ट्याङ्की बनाएपछि निरीक्षण गरेर उपर्युक्त भएमा उद्योग चलाउन दिन्छौं,’ प्रजिअ भण्डारीले  भने।

त्रिशुली धमिल्याउने मुख्य दोषी बालुवा धुने मेसिन फिरफिरे सञ्चालक हुन्। उनीहरुले ४० प्रतिशत मात्रै बालुवा भएको माटो धोएर धमिलो पानी सिधै त्रिशुलीमा मिसाउँदै आएका थिए। नुवाकोटदेखि धादिङसम्म हजार हाराहारीमा फिरफिरे सञ्चालनमा छ। धादिङमा मात्रै ४५० बालुवा धुने फिरफिरे छन्। यीमध्ये ७३ वटा फिरफिरे उद्योग धादिङ घरेलु कार्यालयमा दर्ता छ। अरु उद्योग मापदण्ड अनुसारका छैनन्। त्रिशुली जलाधार क्षेत्रको नुवाकोटस्थित बेलकोटगढी तथा धादिङको गजुरी गाउँपालिकामा फिरफिरे धेरै छन्।

  • Related Posts

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    धादिङको गल्छी  गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले  एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा