सन्दीप लामिछानेले लोभलाग्दो बलिङ : अाज लिए ३ विकेट

Share it with you friends

काठमाडौ, ६ जेठ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आइपिएलको तेस्रो खेलमा सनसनी मच्चाएका छन्।

दुई ओभर बलिङ गरेका सन्दीपले तीन विकेट लिएका छन्।

मुम्बईविरूद्ध खेलमा आइतबार साँझ उनले ओपनिङ ब्याट्सम्यान सूर्यकुमार यादवलाई आउट पारेका हुन्।

सुरूमा बलिङ गर्न आएका सन्दीपलाई यादवले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा दुई रन हानेका थिए।

सन्दीपको चौथो बलमा यादव आउट भए। पहिलो ओभरमा उनले १३ रन खर्चिए।

नवौं ओभरमा आफ्नो दोस्रो अोभर बलिङ गर्न आएका सन्दीपले  पहिलो बलमा केरन पोलार्डलाई आउट पारे।  चौथो बलमा उनले कुर्नाल पाण्डेलाई आउट पारे। यो ओभरमा उनले ६ रन खर्चिए। चार ओभर बलिङ गर्दा उनले ३६ रन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *