समृद्धि र विकास अबको आवश्यकताः अध्यक्ष तिमिल्सिना

Share it with you friends

पोखरा– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले समृद्धि र विकास अबको आवश्यकता भएको बताएका छन् ।  नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उनले जनतालाई समृद्धिका माध्यमबाट खुसी र सुखी बनाउनु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताए ।

अध्यक्ष तिमिल्सिनाले रिबन काट्ने र भाषणबाट नभै जनतालाई कसरी समृद्ध बनाउन सकिन्छ भनी सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।  “संघीय संसद्ले छिटोभन्दा छिटो कानून बनाएर प्रदेश सरकारलाई बुझाउन सक्यो भने विकास र समृद्धिका कार्य छिटो अगाडि बढ्न सक्छन्,” उनले भने, “पाँच वर्षको अवधिमा नेपाली जनताले समृद्धिको महसुस गर्ने अवस्था सिर्जना गर्नु अपरिहार्य छ ।”

देशको अर्थतन्त्र घाटामा रहेको बताउँदै उनले करको दायरा बढाएर विकासका योजना अगाडि बढाउनुपर्नेमा जोड दिए ।  भ्रष्टाचार न्यूनीकरण गर्दै आम नागरिकलाई सुशासन दिन सक्नुपर्नेमा उनको जोड छ । देशमा विधिको शासन हुनुपर्नेमा जोड दिँदै उनले जनतालाई अधिकार सम्पन्न बनाउँदै न्याय एवं सुशासनपूर्ण वातावरणको प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बोल्नेभन्दा काम गरेर देखाउने समय आएको बताउँदै अब जनताले कामप्रति चासो दिन थालेको उल्लेख गरे ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते