सलमानका बडिगार्डको पारिश्रमिक मासिक २ करोड
एजेन्सी, २५ चैत । शेरा सलमान खानको छायाँ जसरी बीस वर्षदेखि साथ चलिरहेका छन् । सलमानको सुरक्षागार्ड शेराको नाम गुरमीत सिंह जली हो ।
उनी बीस वर्षदेखि सलमानको रक्षार्थ खटिरहेका छन् । मिडिया रिपोर्टका अनुसार सलमानको सुरक्षार्थ खटिने शेराको तलब दुई करोड रहेको छ ।
१९८७ मा शेरा जुनियर मिस्टर मुम्बई बनेका थिए र त्यसको अर्को साल उनी मिस्टर महाराष्ट्र बने ।
१९९५ मा शेराको एजेन्सी ‘टाइगर सेक्युरिटी’ ले सलमानको सुरक्षा जिम्मा लिएको थियो ।
पछि शेराको सेवाबाट खुशी भएर सलमानले उनलाई आजीवन आफ्नो बडिगार्ड बनाए । अहिले शेरा सलमानको परिवारको सदस्य जस्तै बनेका छन् ।
