सहकारीका कर्मचारीकाे काेराेना बिमा

Share it with you friends
धुनिबेशी । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित दिन प्रतिदिन बढेसंगै जोखिमलाई मध्यनजर गर्दै धादिङको धुनिबेशि नगरपालिका वडा नं ७मा संचालित नक्षत्र बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गराएको छ ।
बिश्व महामारिको रूपमा फैलिदै गैइरहेको नोबेल कोरोना भाइरस अर्थात कोबिड १९ को जोखिममा हरेक घर दैलोमा रकम संकलनको लागि पुग्नुपर्ने हुँदा जोखिममा परेको भन्दै प्रत्येकको रु १ लाख बराबरको कोबिड १९ बिमा धुनिबेशि नगरपालिकाको धार्केमा रहेको शिखर इन्स्योरेन्स कम्पनी लि. शाखा कार्यालयबाट गरिएको अध्यक्ष रघुनाथ पाठकले जानकारी दिनु भयो ।
यसअघि कोरोना भाइरसको बढ्दो महामारीमा कर्मचारी र सञ्चालक समितिका सदस्यहरुको सुरक्षालाई मध्यनजर गर्दै धादिङको धुनिबेशि नगरपालिका वडा नं ६मा रहेको श्री उदय कृषि बहुउद्देशीय सहकारी संस्थाको कर्मचारीको कोरोना बिमा गरेको थियो ।
कोरोना बीमा अन्तरगत बीमीतले बीमा गरेको १५ दिन पश्चात कोरोना संक्रमण पुष्टि ( पि.सि.आर रिपोर्ट पोजेटिभ ) भएमा बीमीतलाई तत्कालै भुक्तानी दिने गरी एक लाख रुपैया पाउने गरी बिमा गरिएको अध्यक्ष पाठकले जानकारी दिनु भयो ।
नेपालमा संचालित निर्जिवन बीमा कम्पनीहरुले लघु बीमा योजना अन्र्तगत पुल मार्फत ३ महिनादेखि ९९ वषर्सम्मका व्यक्तिले एक लाख र पचास हजार बराबरको व्यक्तिगत, पारिवारिक तथा सस्थागत कोरोना बीमा गर्दै आएका छन् ।
  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते