सहकार्य र सहमतिका आधारमा अघि बढ्नेः मुख्यमन्त्री सुब्बा

Share it with you friends

पोखरा, २८ जेठ । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आव २०७५-७६ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल भएको छ ।

आइतबारको बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेशसभामा गत २१ गते टेबुल भएको प्रदेशको नामाङ्कन तथा राजधानी विषयक समितिको प्रतिवेदन सम्बन्धमा छलफल हुनुपर्ने मागसहित सभा अवरोध गरेकामा आज भने दलबीच सहमति भएसँगै बैठक सञ्चालन भएको हो ।

बैठक प्रारम्भ भएसँगै काँग्रेसका प्रदेशसभा सदस्य आ-आफ्ना स्थानमा उठेपछि सभामुख सिर्जना शर्माले काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बोल्न समय दिएका थिए ।

नेपालीले आइतबारको बैठकमा प्रतिपक्षी दलले अवरोध गरिसकेका अवस्थामा संसदीय परम्परा विपरीत मार्सल लगाएर बैठक सञ्चालन गरिएका प्रति आपत्ति जनाए ।

संसदीय परम्पराको गरिमा र महत्वका साथै प्रतिपक्षको भूमिकालाई सम्मान गर्न सत्तापक्ष तयार हुनुपर्नेमा उनले जोड दिए । प्रतिपक्षी नेपाली काँग्रेसले उठाएका विषयमा धारणा राख्दै प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य र सहमतिका आधारमा अघि बढ्ने बताए ।

प्रतिपक्षले उठाएका विषयमा सरकार सकारात्मक भएको बताउँदै उनले प्रदेशमा रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरे ।

प्रदेशसभा सदस्य धनञ्जय दवाडी, मेखलाल श्रेष्ठ, दीपक कोइराला, पियारी थापा र हरिशरण आचार्यले समाजका सबै वर्ग र समुदायको अपनत्व कायम हुने गरी प्रदेशको समृद्धि र विकासका लागि दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने धारणा राखे । रासस

  • Related Posts

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषित

    धादिङ,  जेठ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ चालु आर्थिक वर्ष २०८२/०८३ को सिद्धलेक गाउँपालिकाको वडा तथा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता…

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    धादिङको थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितत तथा दिगोपना घोषण भएको छ “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित थाक्रे गाउँपालिकामा आर्थिक वर्ष २०८२÷०८३ को…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 10 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 11 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 10 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 21 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते