सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

Share it with you friends

धादिङ :  क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य आशिका तामाङको पछिल्लो कार्यशैली र अभिव्यक्तिले जिल्लाको राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। पदीय मर्यादा र कानुनी सीमालाई बेवास्ता गर्दै सांसद तामाङबाट भइरहेका हस्तक्षेपकारी गतिविधिले राज्यका निकाय र स्थानीय सरकारबीचको सम्बन्धमा गम्भीर दरार उत्पन्न गराएको छ।

हालै थाक्रे गाउँपालिकाको सिम्लेमा भएको सडक दुर्घटनापछि सांसद तामाङले सिम्ले प्रहरी चौकीका सबै प्रहरीले मदिरा सेवन गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत गम्भीर आरोप लगाएकी थिइन्। तर, जिल्ला प्रहरी कार्यालय धादिङले  विज्ञप्तिमार्फत उक्त कुराको पूर्ण खण्डन गरेको छ। बैरेनी अस्पतालको मेडिकल रिपोर्ट र ब्रेथलाइजर परीक्षणबाट प्रहरीले मदिरा सेवन नगरेको पुष्टि भएपछि तथ्यहीन कुरा फैलाएर सुरक्षा निकायलाई बदनाम गराउन खोजेको भन्दै सांसदको कार्यशैलीप्रति प्रहरीले कडा आपत्ति जनाएको छ।

सांसद तामाङले निर्वाचित भएदेखि नै स्थानीय सरकारको कार्यक्षेत्रमा ठाडो हस्तक्षेप गर्दै आएको पाइएको छ। शपथ ग्रहण समेत नगर्दै बेनीघाट रोराङ गाउँपालिकाले कानुन सम्मत उठाउँदै आएको ढुवानी कर बन्द गर्न उनले दिएको ‘ठाडो आदेश’ले पहिलो पटक विवाद निम्त्याएको थियो।

त्यस्तै, गल्छी गाउँपालिकाको बैरेनीमा निर्माणाधीन अस्पताल, ढल निकास तथा खोला व्यवस्थापनका विषयमा यथार्थ नबुझी उनले गाउँपालिका अध्यक्ष लगायतका जनप्रतिनिधिमाथि आक्रामक शैलीमा हप्काउने र चिच्याउने काम गरेकी थिइन्। थाँक्रे गाउँपालिकाको वडा नम्बर ७ मा भएको दुर्घटनाका बिषयमा पनि सांसद तामाङले यथार्थ नबुझी हचु्वाको भरमा गाउँपालिका अध्यक्षलाई विभिन्न आरोप लगाउँदै भिडलाई उत्तेजित बनाउने कोशिस गरेको आरोप छ । पीडितलाई न्याय दिलाउने वा विकासको अनुगमन गर्ने आवरणमा स्थानीय जनप्रतिनिधिलाई अपमान गर्ने र फेसबुकबाटै प्रशासन चलाउन खोज्ने उनको प्रवृत्तिको अहिले तीव्र आलोचना भइरहेको छ।

सांसद तामाङले पदीय जिम्मेवारी र मर्यादा भुलेर ‘हचुवा’का भरमा बोल्ने र भिडलाई उत्तेजित पार्ने गरेको जनगुनासो चुलिएको छ। स्थानीय तहको अधिकार, कार्यक्षेत्र र कानुनी व्यवस्थाका विषयमा बुझ्दै नबुझी हस्तक्षेप गरेको भन्दै धादिङका १३ वटै स्थानीय तहले लिखित रूपमै उनीप्रति असहमति जनाएका छन्।

कानुन र विधिको वास्ता नगरी ‘आफूले बोलेको नै कानुन हो’ भन्ने भ्रममा सांसद तामाङ देखिएको र यसले गर्दा स्थानीय सरकार र संघीय सांसदबीचको कार्यगत सम्बन्ध चिसिएको छ। एकातर्फ तथ्यहीन आरोप लगाएर सुरक्षा निकायको मनोबल गिराउने र अर्कोतर्फ निर्वाचित जनप्रतिनिधिलाई अमर्यादित शब्द प्रहार गर्ने उनको कार्यशैलीले जिल्लामा अराजकता र अविश्वासको वातावरण मात्र सिर्जना गरेको विश्लेषण गर्न थालिएको छ।

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 6 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 6 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 5 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 5 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 7 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 6 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा