साफ यू–१८ च्याम्पियनसिप अन्तर्गत सोमबार भारत र बंगलादेश बीच प्रतिस्पर्धा हुदै

Share it with you friends

६ असोज २०७६, सोमबार ।

काठमाण्डौमा भइरहेको साफ यू–१८ च्याम्पियनसिपमा सोमबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । समूह बीमा रहेको यी दुवै टिम सेमिफाइनल प्रवेशका लागि प्रबल दावेदारका रुपमा रहेका छन् । पहिलो खेलमा बंगलादेशले श्रीलंकामाथि ३–० को फराकिलो जित निकाल्दै सेमिफाइनल नजिक पुगिसकेको छ । भारतको भने पहिलो खेल हो । गएको संस्करणको उप–विजेता भारत यस पटक उपाधि जित्ने लक्ष्यसहित नेपाल आएको छ ।

भारत र बंगलादेश बीचको खेल हलचोक मैदानमा दिउँसो ३ बजेपछि सुरु हुने छ । यसअघि आइतबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल भुटानसँग ३–० ले पराजित हुन पुगेको थियो । पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको नेपाल भुटानसँग ३–० ले पराजित भएसँगै सेमिफाइनल पुग्ने होडबाट करिब–करिब बाहिर भएको छ ।

अब भुटानले माल्दिभ्सलाई कम्तीमा ४–० ले पराजित गरेमा मात्रै नेपाल सेमिफाइनलमा पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *