सामुदायिक साना किसान कृषि सहकारी संस्था नलाङको अध्यक्षमा पुनः सिंखडा

Share it with you friends

धादिङ, । सामुदायिक साना किसान कृषि सहकारी संस्था लिमिटेड नलाङको अध्यक्षमा पुनः तिलक सिंखडा चयन हुनुभएको छ । संस्थाको १५ औँ साधारण सभा तथा चौथो अधिवेशनबाट पुनः सिंखडाको अध्यक्षतामा आगामी ४ बर्षका लागि १५ सदस्यीय सञ्चालक समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा देवकी सिलवाल चयन हुनुभएको छ । त्यस्तै इश्वरी अर्यालकोे संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरिएको छ । संस्थाका अध्यक्ष सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कृषी सहकारी केन्द्रिय संघका अध्यक्ष एवम साना किसान विकास लघुबित्त बित्तिय संस्थाका केन्द्रिय अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पाठकले आर्थिक विकास र समृद्धका लागि सहकारीको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । सो क्रममा उहाले सहकारीको पुंजीलाई उत्पादनसंग जोड्न सके मात्र शेयर सदस्यको जिवनस्तर सुधार हुने बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीको निती, सिद्धान्त, मर्म अनुरुप संचालन भए मात्र शुशासन कायम हुने र शेयर सदस्यको विश्वास जित्न सकिने बताएका थिए ।
कार्यक्रमको अवसरमा संस्थामा आबद्ध २ सय २५ जना असल ऋणी सदस्यलाई संस्थाको लोगो अंकित टिसर्ट वितरण गरिएको थियो भने व्यवसायिक किसानलाई सम्मान समेत गरिएको थियो । २ हजार ३८ शेयर सदस्य रहेको सहकारी संस्थाले आर्थिक वर्ष २०७८।०७९ मा ३ करोड २३ लाख ९५ हजार आम्दानी र २ करोड २६ लाख ४३ हजार खर्च गरि ९७ लाख ५२ हजार नाफा आर्जन गर्न सफल भएको सहकारीकी प्रबन्धक अम्बिका सिलवालले बताउनुभयो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 15 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते